रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो । रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आपूmले बनाएको पिसनर बियरमा कुनै पनि मानवीय फोहोरको नभएको दाबी गरेको छ ।
वास्तवमा पिसनर बियर बनाउन जुन जौको प्रयोग गरेको थियो उक्त जौ फलाउनका लागि मलखादको रूपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको थियो ।
सामान्य रूपमा मलखादको रूपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रासायनिक मल प्रयोग गरिने भए पनि यो बियरका लागि उत्पादित जौमा मानव मूत्रलाई मलको रूपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो ।

















