सरकारले स्थानीय निर्वाचन गरेर ठूलो सफलता प्राप्त गरेको छ । यो अवस्थामा पनि निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो । तर, निर्वाचनपश्चात् भने मतगणना भने एकदमै सुस्त देखिएको छ । यही हिसाबले मतगणना हो भने करिब १ महिनामा मात्र हाम्रो हातमा नजिता प्राप्त हुनेछ । यसले जनतामा निर्वाचनप्रतिको उत्साह नै हराएर जाने सम्भावना छ । मतगणना सुस्त भएकोमा धेरैले पनि आपत्ति जनाउँदै आएका छन् । त्यसैले सबै स्रोतसाधनको प्रयोग गरेर भने निर्वाचन आयोगले मतगणना चाँडो गर्नुपर्छ । बलराम क्षेत्री, बालाजु

















