ललितपुर/ काठमाडौं महानगरपालिकामा कान्छी मेयर बन्न रञ्जु न्यौपाने ‘दर्शना’ प्रतिस्पर्धा गर्दैछिन् । यता, ललितपुरमा अर्की रञ्जु निर्विरोध निर्वाचित बनेकी छिन् । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु तिलाङ्गी निर्विरोध निर्वाचित भएकी हुन् ।
ललितपुर–३ ठाडोढुंगाकी रञ्जु पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी हुने अहिलेसम्मकी कान्छी उम्मेदवार हुन् ।














