सबै मानिसलाई आफूले मन पराएको मान्छेसाग जीवन बिताउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर, सबैको भाग्यमा त्यो लेखिएको हुादैन । कमै व्यक्तिहरु मात्र आफूले मन पराएको मान्छेसाग जीवनको आरोहअवरोहमा साथै रहन पाउाछन्, जीवनको यात्रा सागसागै गर्न पाउाछन् । त्यस्तै, केही भाग्यमानी जोडीमा पर्छन्, गौतम राजकर्णिकार र डा.मनिता श्रेष्ठ राजकर्णिकार ।
हाल गौतम नेपाल सरकारको सिाचाइ विभागको इञ्जिनीयर र जल तथा मौसम विज्ञान विभागको उप–महानिर्देशक हुनुहुन्छ भने डा.मनिता रेडक्रश सोसाइटीको रक्तसञ्चार केन्द्रमा निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ । आआफ्नै क्षमता र योग्यताले सफल व्यक्तित्वको पहिचान बनाएको यो जोडीको वैवाहिक जीवन तथा पारिवारिक सम्बन्ध पनि पनि उत्तिकै सफल रहेको छ ।
स्वाभिमानसागको कुराकानीमा हामीले उहााहरुको पहिलोपटक भेट कसरी भयो भनेर जिज्ञासा राख्यौं । आफ्नो पढाइको क्रममा साथीहरुसागको सामान्य भेटघाटमा गौतम र डा. मनिताको परिचय भएको रहेछ । तर, त्यति बेलाको त्यो सामान्य भेटघाट पछि गएर सफल जोडीको रुपमा रुपान्तरण हुन्छ भन्ने दुवैलाई नलागेको उहााहरु बताउनुहुन्छ ।
साधारण परिचयपश्चात् त्यसको ३/४ महिनामा उहााहरुको फेरि भेट भयो । यो भेटमा भने यो जोडीले एकअर्कामा अझ नजिक र परिचित हुने मौका पायो । आ–आफ्नो पढाइको क्रममा लामो समय व्यस्त रहन पुगेकोले उहााहरुको भेटघाट पनि लामो समय हुन पाएन । रमाइलो कुरा त के छ भने उहााहरु आफ्नो उच्च शिक्षाको लागि एउटै देशमा पुग्दा पनि एकअर्कालाई थाहा नभएको र पछि एक्कासी विदेशमा भेट हुादा दुवै जना अचम्ममा परेको उहााहरुले सुनाए ।
त्यसै क्रममा यो जोडीले नियमित भेटघाट र मनका कुरा साटासाट गर्न थाले । हुन त विदेशको ठाउामा आफ्नो देशको साथी भेट्नु र दु:खसुखका कुरा गर्नु सामान्य मानिन्छ । तर, उहााहरुको भेटघाट र कुराकानी मायामा परिणत हुादै थियो । दुवै जनाले एकअर्काले मन पराएको व्यक्त नगरे पनि गौतमले त मनमनै आफ्नो जीवनसाथी नै ठानिसकेका रहेछन् । त्यसबेला मनितासाग हरेकपटक भेट्दा गौतमलाई आफ्नै जीवनसाथीसाग भेटेको जस्तो अनुभव हुने गरेको उहााले स्मरण गर्नुभयो ।
विदेशमा एक वर्ष बसिसकेपछि डा.मनिता नेपाल फर्किछिन् । त्यसको ४/५ वर्षपछि गौतम पनि नेपाल फर्केर घरमा आमाबुबासाग आफूले मनपराएको केटीको बारेमा कुरा गर्नुभयो । तर, हाम्रो समाजमा केटाकेटीले मन पराउनेबित्तिकै परिवार पनि राजीखुशी हुन गाह्रो नै पर्छ । अझ त्यो बेलामा त प्रेमविवाह हुन झनै कठिन रहेको यो जोडीले बताए । गौतमको कुरामा बुबाले आफ्नो जात नमिल्ने केटीसाग विवाहको कुरा नचलाउने भन्ने प्रतिक्रिया दिनुभयो । गौतमले आफ्नो र डा.मनिताको बारेमा सबै कुरा भनी बुबालाई धेरै सम्झाए र ऊ विना बााच्न नसक्ने कुरा बुबासाग गरेपछि बल्ल मनाउन सफल हुनुभयो ।
डा.मनितालाई माग्न जाादाको त्यो क्षण सम्झिादै गौतम भन्नुहुन्छ ‘मनितालाई माग्न पठाउनुभन्दा पहिला उसको दिदीसाग सबै कुरा बुझेर मात्र पठाएको क्षण अविस्मरणीय छ । त्यो कुरा सम्झिादा अहिले पनि मलाई रमाइलो लाग्छ ।’ अन्तत: उहााहरुको प्रेमको पक्षमा परिवारका सदस्यहरु पनि सहमत भए । २०४९ सालमा गौतम र डा.मनिता वैवाहिक जीवनमा बााधिनुभयो । गौतमका ६ दाजुभाइ र २ दिदीबहिनी छन् । डा.मनिता पनि संयुक्त परिवारमा हुर्किएकोले विवाहपछि आफ्नो जीवनसाथीको घरमा पनि घुलमिल हुन सहज भएको बताउनुहुन्छ ।
हाल गौतम र डा.मनिताको विवाह भएको २४ वर्ष भइसकेको छ । यस सफल यात्रामा दुई छोरी र दुई दम्पतीको दिनचर्या खुशीसाथ बितिरहेको छ । उहााहरु आफ्नो काममा सधैं व्यस्त भए पनि आफ्ना दुई छोरीको राम्रैसाग हेरचाह गरिरहेको बताउनुहुन्छ । यो जोडी एकअर्कालाई एकदमै माया गर्ने कुरा त छादै छ, त्यतिकै एकअर्कालाई विश्वास पनि गर्छन् । डा.मनिता भन्नुहुन्छ, ‘सबै विश्वासमा त चलेको छ यो संसार, यदि पति र पत्नीबीच एकको महत्व अर्काले बुझ्ने र एकअर्कामा विश्वासको भावना राख्ने हो भने पतिपत्नीको सम्बन्ध प्रगाढ हुन र सहज रुपमा जीवन चलाउन कुनै समस्या पर्दैन ।’ संघर्ष गरेपछि त्यसको प्रतिफल पनि राम्रो पाउने कुरा गौतम र डा.मनिताको अहिलेसम्मको जीवन भोगाइबाट बुझिन्छ ।














