सामान्यतया कपाल काट्नको लागि कैंचीको प्रयोग गरिन्छ । यो प्रयोगको लागि सुरक्षित सजिलो पनि रहेको छ तर रसियाको एक सैलुनमा बञ्चरोले कपाल काट्ने गरिएको छ । रसियाका डानिल इस्टोमिनले कपाल काट्न बञ्चरोको प्रयोग गर्दै आएका छन् । उनले बञ्चरोको माध्यमबाट कपाल काटेको भिडियो पनि सार्वजनिक गरेका छन् ।
यदि कैंचीको सट्टामा बञ्चरोको प्रयोग गर्नु कति असुरक्षित हुन्छ सहजै अनुमान गर्न सकिन्छ तर डानिलले भने बञ्चरोको प्रयोगबाट कपाल काट्नु निकै सहज हुने बताएका छन् । उनले सार्वजनिक गरेको भिडियोमा पनि कपाल काट्न गएका ग्राहकहरु पनि विना कुनै भय आफ्नो कपाल कटाइरहेका देखिन्छन् । मानिसको गर्धन नजिकै बञ्चरो पुग्दा पनि डानिल निर्धक्क भएर कपाल काटिरहेका देखिन्छन् ।
यो भिडियो हेर्नेमध्ये धेरै यो भिडियो हेरेर आश्चर्यमा परेका छन् । केहीले यस्तो डरलाग्दो गरी कपाल काट्ने सैलुनमा पनि मानिसहरु जाने गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । भिन्न तरिकाको कपाल काट्ने शैली रहेको भए पनि यस किसिमको कपाल काट्नु जोखिमयुक्त रहेको पाइएको छ । यसअघि कपाल काटेपछि सर्पल मसाज गराउने लगायतका समाचारहरु आएका थिए ।
















