बच्चाको कलेजोमा ६ इञ्चको कीरा !

355

छिमेकी मुलुक भारतमा एउटा १८ महिनाको बच्चाको कलेजोमा ६ इञ्च लामो जुका । भारतको नयाादिल्लीस्थित एक अस्पतालमा शल्यक्रियाका क्रममा डाक्टरहरुले बच्चाको कलेजोबाट ६ इञ्चको गोलो जुका निकालेका छन् ।
गोलो जुका एक परजीवी हो र दूषित पानी तथा खानाको माध्यमबाट यो जुकाको फुल मानिसको शरीरभित्र प्रवेश गर्दछ । यो जुका प्राय: मानिसको आन्द्रामा पाइन्छ । तर, उक्त बच्चाको यो जुका आन्द्राबाट पित्तनली हुादै कलेजोसम्म पुगेको चिकित्सकहरुले भनेका छन् ।
झण्डै २० मिनेटमा इन्डोस्कोपी मेसिनको सहायताले उक्त अपरेशन गरिएको थियो । यसरी कलेजोमा यति ठूलो जुका भेटिएको विश्वमै दोस्रो घटना भएको डाक्टरहरुको भनाइ छ । यसअघि ब्राजिलमा यस्तो घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here