सिटिजन्स बैंकको दमक शाखामा एटीएम

180

काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो दमक शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । साथै, काठमाडौंको कमलादीस्थित बैंकको एटीएम स्थानान्तरण गरी नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिम ढोकाबाट सञ्चालनमा ल्याएको समेत जानकारी दिएको छ ।
उल्लेखित दमक शाखाबाट एटीएम सेवा विस्तारपछि बैंकको कुल एटीएम संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा एटीएम सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here