राजा छोडेपछि कमल थापा संकटमा

152

काठमाडौं/ संविधानसभामा ६ लाख मत ल्याएर २४ सिट समानुपातिक पाएको राप्रपा नेपाल चौंथो ठूलो दल बनेको थियो । राप्रपाले संविधानसभाको चुनावमा अप्रत्याशित सफलता हासिल गर्नुमा पूर्वराजाको सहानुभूति र समर्थनले काम गरेको रहेछ भन्ने कुरा यसपटकको स्थानीय तहको चुनावी परिणामले स्पष्ट गरेको छ । स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध वक्तव्यबाजी गरेका थिए । सोही कारणले राजावादी मतदाताहरुको मत राप्रपाको पक्षमा नगएको स्पष्ट भएको छ ।
पहिलेका हलो चिह्नवाला बुद्धिमान तामाङले धादिङको रुवीभ्याली गाविसमा एउटा अध्यक्ष जिताएका छन् । संविधानसभामा पाएको जनसमर्थन हरायो । स्थानीय तहको निर्वाचनमा लाजमर्दो प्रहसन बनेको राप्रपाले गत सोमबार चुनावको समीक्षा गर्‍यो र वक्तव्य निकाल्यो– ‘आत्तिनुपर्ने केही छैन । परिणामबाट चिन्तित र विचलन हुनु नपर्ने’ भनेर चित्त बुझाएको छ । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर दोस्रो चरणको निर्वाचनमा जाने भनेको छ राप्रपाले । १, २, ५ र ७ कुनै पनि प्रदेशमा राप्रपाको बलियो जनाधार छैन । दोस्रो चरणमा राप्रपाले चमत्कार गर्छ भनेर कुनै कार्यकर्ताले पनि पत्याएका छैनन् । राजाविरोधी जनमत एमाले, कांग्रेस र माओवादी केन्द्रलाई जाने निश्चितै छ । तर राजावादी जनमतले समेत राप्रपाका उम्मेदवारलाई पत्याउने अवस्था नभएपछि कमल थापाको राजनीति संकटमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here