चन्द्रप्रकाश बानियाा (जनधारणा साप्ताहिक)
बसोबास पोखरामा भएर पनि पोखरेली हुन सकिएको रहेनछ । आफ्ना लागि पोखरा बिरानो पो रहेछ भन्ने अनुभूति यसपटकको स्थानीय निर्वाचनले गरायो । निर्वाचनको रङ्गमा पूरै पोखरा लछप्पै भिज्दा समेत आफू भने किनाराको दर्शक मात्र रहियो । पार्टीविशेषप्रति कुनै लगाव वा सामिप्यता नरहेको हुनाले कसैप्रति अनुराग वा वितरागको भावना थिएन । ‘बेल पाकेर कागलाई हर्ष न विस्मात्’ भनेजस्तो पार्टीहरुको जीतहारसाग कुनै साइनो सरोकार रहने कुरै भएन । त्यसमाथि नगरको आधाआधी मतगणना हुादा नहुादै जीतहारको स्पष्ट तस्वीर देखिइसकेको हुनाले विलम्ब गरेर भएको निर्वाचन परिणामको सार्वजनिकीकरण रुचिको विषय रहेन । अर्थात् मतगणनाको अन्तिम परिणाम आउने बेलासम्म त्यसबारेमा कुनै जिज्ञासा र चासो बााकी बचेकै थिएन । बरु बसाइा सरेको पूरै दुई दशक बितिसकेका भए पनि म्याग्दीको निर्वाचनपरिणामको बारेमा भने स्वाभाविक जिज्ञासा र उत्सुकताको अनुभूति गरियो । तन संलग्न नरहे पनि मन भने निर्वाचनबाट निरपेक्ष रहन सकेन । पक्षविशेष त होइन, व्यक्तिगत हिसाबले यो वा त्यो उमेदवारले जितिदिए हुन्थ्यो भन्ने कामना मनले गर्यो । आफैलाई अचम्म लाग्ने गरी जिन्दगीमै पहिलोपटक नेपाली कााग्रेसका केही उम्मेदवारहरुको विजयको कामना मेरो अन्तर्मनले गर्यो । आफूले मत दिइएन । दोस्रो अर्को कुनै एक जनासाग मत व्यक्त गर्ने विषयमा विचारविमर्श गरिएन । आफ्नो योगदान नभए पनि मनले कामना गरेका उम्मेदवारहरुको विजयश्रीमा एकप्रकारको सन्तोषको अनुभूति भयो । सायद, मेरो मनोविज्ञान भरतपुर र पोखराका कााग्रेसीहरुको जस्तै रह्यो भन्न मिल्ने भो । फरक कति मात्रै हो भने उनीहरुले आफ्नै पार्टी र नेतृत्वको आदेश विपरीत मत अभिव्यक्त गरे, मैले आफ्नै आदर्श विपरीत केवल कामना मात्रै गरो !
पञ्चायतकालको अन्ततिर भूमिगतरुपमा क्रियाशील रहेको प्रतिबन्धित पार्टी नेकपा मालेले ‘जनपक्षीय उम्मेदवारका’ नाममा छद्म उम्मेदवारहरु निर्वाचनमा खडा गरेको थियो । त्यतिखेरै राष्ट्रिय पञ्चायतको सदस्यका लागि भएको निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई जिताएर चर्चित बनेको ठाउा हो – पोखरा ! त्यसैले वामपन्थी राजनीतिका लागि उर्बरभूमिको रुपमा यसको परिचय स्थापित हुनु स्वाभाविक हो । त्यो मान्यतालाई बहुदलीय व्यवस्था पुन:स्थापनायताका निर्वाचनहरुमा कहिले आधा र कहिले सिंगै जिल्लामा वामपन्थीहरुले विजयश्री हात पोर प्रमाणित गरिदिएका छन् । तर अचम्मको कुरा के रहेको छ भने पोखराको समाज धर्मभिरु छ, परम्परावादी छ । यथास्थितिवादी छ । कट्टर सनातनी छ । पोखराको समाजमा ब्राह्मण समुदायको वर्चस्व छ । हिन्दू धर्मसंस्कारमा आस्था राख्ने समुदायको जबर्जस्त बहुमत र दबदबा छ । टोलटोलमा मन्दिर छन् । सालिन्दै सम्भवत: देशभरमै सबभन्दा बढी यज्ञयज्ञादि पोखरामै गरिन्छन् । मुलुकमै सबभन्दा धेरै भनजकिर्तन गरिने ठाउा हो – पोखरा । अर्थात् पोखरेली समाज धर्मभिरु छ । र त्यही धर्मभिरु समाजले धर्म नमान्ने भनेर बद्नाम भएका कम्युनिष्टहरुलाई जिताउाछन् ! २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा त चारमध्ये तीनवटा निर्वाचनक्षेत्रमा माओवादीले विजयश्री हात पारेको थियो । वास्तवमा पोखरेली समाजमा कम्युनिष्ट आदर्शप्रति पटक्कै मोह र आकर्षण छैन/देखिादैन । निर्वाचनका बेलामा भने वामपन्थीहरुले मत पाउाछन् ! किन यस्तो हुन्छ भन्ने प्रश्नको सजिलो उत्तर के रहेको छ भने वामपन्थइतरका राजनीतिक दलहरुले उम्मेदवार छनोटमा गल्ती गर्ने हुनाले मतपरिणाम वामपन्थीहरुको पोल्टामा पर्ने गरेको हो । यसपटकको महानगरीय निर्वाचनमा एमालेले प्राप्त गरेको विजयको कारण उसको लोकप्रियिता भन्दा बढी कााग्रेसका तर्फबाट भएको गल्तीको परिणाम होइन भन्न स्वयम् एमालेका नेता कार्यकर्ताहरुले सक्नेछैनन् ।
मतपेटिकाहरु खोलेर हेर्दा भरतपुरका कााग्रेसहरुले हाकाहाकी एमालेलाई मत दिएका रहेछन् भन्ने कुरा पुष्टि भयो । पार्टीको बलियो उपस्थिति र जनसमर्थन रहेको नगरमा अर्को पार्टीलाई मुख्य पद सुम्पने पार्टी हाइकमानको निर्णय कार्यकर्ताहरुका लागि सुपाच्य हुन सकेन । विद्रोही भावनाले उक्सायो । ‘सौताको रिसले, लोग्नेका काख भिजाउने’ नादानी भरतपुरे कााग्रेसी बन्धुहरुले गरिदिए । त्यो आवेग र आवेशको निर्णय थियो । त्यो गल्ती साधारण समर्थक शुभचिन्तकले गरेका भए क्षम्य मानिन्थ्यो । आफूलाई खर्राट कााग्रेस भन्न रुचाउनेहरुबाटै नकाम हुन गयो । क्रियाशील सदस्यहरुले गरेको त्यस्तो कर्म अनुशासनहीनताको कुरुप उदाहरण थियो । पार्टीनिर्णय चित्त नबुझे पनि कार्यान्वयन गर्नु गराउनु संगठित कार्यकर्ताको कर्तव्य मानिन्छ । मनले मानेन भने चुपचाप मत बहिष्कार गर्नुसम्म ठीकै मानिन्थ्यो होला । भरतपुरे विद्रोहीहरुले हल्ला गरेरै पार्टीको बर्खिलापमा उत्रिए । अन्ध आवेगमा प्रतिद्वन्द्वी पार्टीका उम्मेदवारलाई मत दिने नादानी गरे । त्यस्तो कर्म युद्धको मैदानमा शत्रुपक्षलाई आफूसाग रहेको मारक हतियार सुम्पनुजस्तै जघन्य गल्ती थियो ।
पोखरामा पनि त्यस्तै देखियो । तालमेल गरिएको भने पनि माओवादी केन्द्रको मत कााग्रेसका उम्मेदवारलाई परेन । उपमेयर माओवादी केन्द्रलाई छोड्ने सदाशयता प्रदर्शन गर्नमा कााग्रेसले देखाएको कञ्जुस्याइाको परिणाम पनि त्यो हुन सक्छ । माओवादी मतदाताहरुले कााग्रेसलाई भन्दा एमालेलाई प्राथमिकता दिएको देखियो । अरु त अरु परम्परागत कााग्रेसी वर्चस्व रहादै आएका सघनबस्तीहरुमा समेत एमालेलाई बढी मत झर्यो । परम्परागत मतदाताले मताशय परिवर्तन गरेको भन्दा पनि आफ्नै पार्टी नेतृत्वप्रति प्रतिशोधपूर्ण प्रतिक्रियाको अभिव्यक्ति प्रदर्शन भएको होइन भन्न मिल्दैन । अर्थात् भरतपुरे कााग्रेसले जस्तो खुल्ला विद्रोह नगरे पनि पोखरामा समेत आफ्नै उम्मेदवारको विपक्षमा मतदान गरिएन भन्न सकिने अवस्था रहेन । उम्मेदवारको छनौट लोकप्रियताको आधारमा भैदिएका भए र माओवादीको मतसमर्थन प्राप्त गर्ने गम्भीर पहल भैदिएका भए परिणाम फरक हुन्थ्यो भन्ने बजारचर्चा व्यापक देखिन्छ/सुनिन्छ । मत दिने लिने मामलामा एमालेका नेता कार्यकर्ता इमान्दार देखिए । एमालेका प्रतिबद्ध कार्यकर्ताले देशैभर राप्रपालाई पनि इमान्दारीपूर्वक मत दिए । पार्टीको आदेशको कडाइका साथ तामेल कार्यकर्ताहरुबाट भयो भन्ने कुरा काठमाडौं महानगरका उपमेयरका उम्मेदवारले प्राप्त गरेको मतसंख्याले पनि स्पष्ट गर्छ । एमालेलाई मत दिने तर राप्रापालाई नरुचाउने एमाले समर्थक शुभचिन्तकहरुको मत राप्रापाले पाउन सकेन । आफ्नो जनाधार थिएन । राप्रपाका उम्मेदवार पराजित हुनुको वास्तविक कारण त्यही थियो । एमालेका प्रतिबद्ध मत राप्रपाको बाकसमा सर्लक्क घोप्टिएकै हुन् ।
सायद म आफैले पनि आफ्नो इतिहास, परम्परा, आदर्श र संलग्नतालाई नबिर्सेका भए कााग्रेसी उम्मेदवारहरुको विजयकामना गर्दैनथो होला । सााचै बुथमा उपस्थित भएर मतपत्र हातमा लिएका भए रुख चिह्नमा छाप हान्न मेरा हातहरु राजी हुदैनथे कि कुन्नी ?! आफूले हात बिटुलो बनाउनु नपर्ने भएपछि भावनाको पछि कुद्न सजिलै हुादो रहेछ । सायद, पहिलो चरणको निर्वाचनमा नेपाली मतदाताहरुको मानसिकता मेरैजस्तो थियो होला । किनकि निर्वाचनको जेजस्तो परिणाम देखियो त्यो यथार्थभन्दा भावनामा बगेर गरिएको मतदान होइन भन्न मिल्दैन । पहिलो चरणमा भएको निर्वाचनमा कुल स्थानमध्ये झण्डै आधाआधी एमालेको पोल्टामा परेका छन् । थोरै भए पनि काम गरेर देखाउने माओवादीको पोल्टो रित्तो हुने र हवाई गफ हाक्ने र कामको नाममा सिन्को नभााच्ने एमालेको घर भण्डार भरिनुपर्ने कुनै कारण थियोजस्तो लाग्दैन । परिणाम आयो त्यस्तै ! सायद, मैले कााग्रेसी उम्मेदवारको विजयको कामना किन गरो भन्ने कुराको कुनै तथ्य र तर्कयुक्त कारण नभएजस्तै एमालेलाई मत दिने मतदाताहरु पनि अज्ञात भावनामा बगेजस्तो लाग्यो । एमालेलाई त मत दिए दिए, राजधानीमा त रञ्जु दर्सना र किशोर थापाहरुले पनि उल्लेखनीय परिमाणमा मत समर्थन प्राप्त गरे । ती दुवै उम्मेदवारहरुलाई मत दिने मतदाताले भविष्यमा कुनै प्रतिफको आशा गरेका थिए भनेर मान्ने आधार कहीाकतै केही देखिादैन । त्यसैले बीस वर्षपछि आयोजित भएको स्थानीय निर्वाचनमा नेपाली मतदाताले विवेक प्रयोग गरेकै हुन् भन्न गाह्रो पर्दोरहेछ ।
















