जनताका सेवकहरुको परीक्षा

219

डा. दीपेन्द्र रोकाया

सबैले राजनीति खुराफातीमा चलेको देखेका छन् । तर अहिले प्रधानमन्त्री प्रचण्डले राजनीति इमान्दारितामा चल्नुपर्ने पाठ सिकाउादै सरकारबाट राजीनामा दिइसकेका छन् । यस घटनाले नेपालको राजनैतिक इतिहासमा नयाा अध्याय निर्माण गरेको छ । ‘वेटिङ गर्भमेण्ट’ का रुपमा रहेको प्रमुख प्रतिपक्ष एमालेले समेत राजीनामा नमागेको परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको पाइयो । राजनीतिक विश्लेषकहरुले जेजस्तो रुपमा हेरे पनि सत्ता समीकरणका दृष्टिकोणबाट प्रचण्डको यस कदमले माओवादी केन्द्र इमान्दार देखापरेको छ ।

 
पहिलो चरणको स्थानीय निर्वाचन हुन सम्भव नै छैन भन्नेहरु अहिले जोकरजस्ता भएका छन् । यस निर्वाचनले सिंहदरबारको अधिकार गाउा पुग्ने आधार निर्माण गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आ.व. २०७४/०७५ को बजेट भाषण गरेपछि बजेट स्थानीय सरकारमा केन्द्रित भएको देखियो । यो व्यावहारिक प्रयोगबाट नेपाल नयाा युगमा प्रवेश गरिरहेको आभाष मिल्दछ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रले सोचेजस्तो परिणाम नआए पनि क्रान्तिकारी परिवर्तनलाई संस्थागत रुपमा आधार निर्माण गर्न माओवादी केन्द्र सफल भएको देखिएको छ ।
अझै पनि कााग्रेस, एमाले लगायतका पार्टीहरुका नेताहरुले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्वका विषयमा आशंका व्यक्त गरिरहेका भेटिन्छन् । तर पनि राजनीतिक परिवर्तनका एजेण्डा प्रस्तुतकर्ता माओवादी केन्द्रलाई पछि पार्दै दोब्बर मतले एमाले, कााग्रेस अगाडि देखापरेको छ । यस्तो पनि हुन्छ र ? भनी हेर्दा माओवादी नेताहरुको व्यवहारले पनि काम गरेको छ । यसभन्दा पनि बढी नेपाली जनतामा सत्ताविरोधी मानसिकता बढी छ । यस्तै जनमतले के देखाउाछ भने रुढीगत मान्यता जबरजस्त रुपमा प्रकट भइरहेको छ । यसैको परिणाम यस्ता नतिजा देखा पर्न गएको मान्न सकिन्छ । यो पृष्ठभूमिमा नेपालको राजनीतिक विकासक्रम तीव्र अन्तरविरोधका बीचबाट परिवर्तनको ढोका उघार्दै अघि बढेको छ ।

 
यसपटक यस पंक्तिकारले पहिलो पटक एक जिम्मेवार नागरिकको रुपमा भोट हाल्न पायो । एउटा भोटको महत्व कति हुादो रहेछ भनी मतदाताहरुको धारणा सुन्न पायो । यही जनमतलाई किन्न खोज्ने र स्वतन्त्र रुपमा अधिकार प्रयोग गर्ने जनता के कस्ता प्रवृतिबाट पीडित हुादा रहेछन् ? भनी राम्ररी नियाल्न पनि पायो । मतदाता शिक्षाका नाममा मोटै रकम खर्च गर्ने निर्वाचन आयोगको ढड्डा मोटै छ, तर काठमाडौदेखि हुम्लाको यारीसम्म अवलोकन गर्दा भोट रद्द भएका कारण कैयौं उम्मेदवारले जितेर पनि हारेका छन् । मतदाता शिक्षाको अभावमा वा रोजेको वालिसे लिने वातावरणको अभावमा कैयौंले आगामी ५ वर्षसम्म अन्याय बेहोर्न पर्ने भएको देखियो । यसो त ‘नो भोट’को लागि खाली कोठा पनि दिइएको भए बहिस्कारको नाममा उफ्रने समूहले पनि यस निर्वाचनको औचित्यलाई प्रश्न उठाएको कुरा जनमतबाटै प्रष्ट पार्न सकिन्थ्यो होला ।

 
प्रदेश नं ३, ४ र ६ मा भएको स्थानीय निर्वाचनले जनतामा उत्साह थपेको छ । जनप्रतिनिधिहरु उत्साहित छन् । यसले कर्मचारीतन्त्रबाट पीडित जनता आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउने स्थानमा पुगेका छन् । मैले आफ्नो भोट दिनुअघि भनेको थिए, अहिलेसम्म उम्मेदवारहरुले हाम्रो परीक्षा लिइरहेका छन् । यहाा देखिएका उम्मेदवारहरुले के गर्न सक्छन् ? के गर्न सक्तैनन् ? भन्ने हामीसाग आाकलन मात्र छ । उनीहरुका प्रतिबद्धता र इच्छाशक्ति जााच गरौं । एक दिन मनग्ये खान पनि नपुग्ने पैसामा नबिकौ । हामीलाई युग परिवर्तनको जनमत देखाउनु छ । यसैले आफ्नो अमुल्य मत खेर नफालांै । यसै जनमतका आधारमा परिवर्तनलाई वैधानिकता दिने हो । वैशाख ३१ विहान ठुल्दाजु धनराम रोकायाको मृत्यु हुादा पनि त्यस सन्देशलाई प्रवाह नगरी आफ्नो भोट जिम्मेवारी बोधका साथ मतदान केन्द्रमा गएर सुरुमै खसालेको थिएा ।

 
यस पटक मैले दिएका सबै मतहरुले विजय जुलुस निकालेको देख्न पनि पाएा । साथीहरु उत्साहित भई गाउा परिक्रमा गरे । मैले शोक सन्तप्त परिवारका कारण त्यस्ता कार्यमा बाक्लो सहभागिता जनाउन पाइना । यद्यपि मैले जितेका पदाधिकारीहरुलाई शुभकामना दिादै भने– तपाईंहरुले लिनु भएको परीक्षामा हामी उत्तीर्ण भएका छौं । अब जनताको सेवा गर्छौं भन्ने तपाईंहरुको परीक्षा हामीहरुले हरपल लिने भएका छौ । यसैले जनताको शासक नभई सेवक हुन र जनताको भावनाअनुसार काम गर्न सफलता पाउनुहोस् । इतिहासमा पहिलो पटक सिंहदरबारको अधिकार गाउामै पुगेको छ, यसको प्रयोग गर्न सफल हुनुहोस् । जनता तपाईंहरुको साथमा हुनेछन् ।
वास्तवमा उज्यालो सपना देख्ने मान्छेहरु त्यो स्थानमा पुग्न पाए परिवर्तन संस्थागत गर्न सकिने आधार सहज भएको छ । देशभरको परिणाम आएपछि युवा, वृद्ध जनप्रतिनिधिको संख्याका आधारमा पनि विश्लेषण गर्न सकिएला । तर राजनीतिमा थकाइ हुादैन । औपचारिक कार्यालय समय कुरेर गर्ने विषय पनि होइन । यसो भएकाले राजनीति जनताको सेवा गर्ने, नयाा सपना देखाउने र सपनालाई कार्यान्वयन गर्ने केन्द्रिय विषय हो । यसैले स्थानीय जनप्रतिनिधि अर्थात् जनताका सेवकहरुको परीक्षा सुरु भइसकेको छ ।

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here