विश्वविद्यालय छाडेपछि हेनान शाले आफ्नो जीवन बिरालाका बच्चाहरुलाई स्याहार गर्नका लागि समर्पित गरिन् । २८ वर्षीय शा आजकल आफूलाई बिरालाका नयाा बच्चा स्याहार गर्ने योद्धाका रुपमा लिन्छिन् । वासिंगटन डिसीमा जन्मिएकी उनले पछिल्ला ८ वर्षमा यसरी सयौा बिरालाका बच्चाहरुलाई जोगाएकी छिन् ।
१२ वर्षको उमेरबाटै उनको मोह जनावरप्रति थियो । उनले त्यसपछि मासु खान छाड्ने निर्णय लिइन् । त्यसपछि उनी थुप्रै अभियानहरुमा सहभागी भएर जनावारलाई जोगाउन सक्रिय रहिन् । रुखबाट खसेको एउटा सानो बिरालोको बच्चालाई बचाएपछि उनलाई बिरालोले आकर्षित गर्‍यो । त्यसपछि उनी पछिल्ला ८ वर्षदेखि बिरालाका बच्चाहरुलाई बचाउन र उनीहरुलाई हुर्काउन लागेकी छिन् । उनले त्यतिबेला बचाएको बिरालोको बच्चालाई आफौ पालिन् ।
त्यतिबेला उनले बनाएको कोको ठूलो हुादै गयो । उनले बिस्तारै अन्य बच्चाहरु फेला पार्दै गइन् । बिस्तारै उनलाई अरुले पनि बिरालाका बच्चाहरुका विषयमा सूचना दिन थाले । उनी त्यस्ता बच्चाहरु खोज्दै हिाड्न थालिन् । सार्वजनिक विद्यालयमा काम गर्दा उनलाई यसरी बच्चाहरुलाई बचाउन मुस्किल हुने गरेको थियो । बिरालाका बच्चाहरुको प्रत्येक घन्टामा ख्याल गर्नुपर्ने भएका कारण सुरुआती दिनमा समय मिलाउन कठिन थियो ।
कहिलेकाहीा बेवारिसे बच्चालाई पालेको अनुभव मानिसहरुलाई भए पनि ती बच्चाहरु आमाबाट छुट्नुपर्दा दु:खित हुनसक्ने उनको अनुभव छ । त्यसैले उनी आमाले छाडेका बच्चाहरुलाई मात्रै यसरी स्याहार गर्न अरुलाई आग्रह गर्छिन् । उनी अहिले बिरालाका बच्चाहरुको संरक्षण अभियानमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here