रक्सी पिउनका लागि मानिसहरु बार तथा रेष्टुरेन्ट धाउने गरेको त देखिएकै हो । त्यसैले मानिस रक्सी खानका लागि रेष्टुरेन्ट तथा बार धाउने कुरा कुनै समाचारमा लेखिरहनु परेन । तर जब मानिसको साटो कुनै जंगली जनावर रक्सी खानका लागि बारमा धाउाछ, तब त्यो महाआश्चर्य हुन्छ र पक्कै पनि ठूलै समाचार बन्दछ ।
दक्षिण अफ्रिकामा भएको छ यस्तै । जोहानेसबर्गमा एउटा जंगली जिराफ हरेक दिन रक्सी खानका लागि स्थानीय एक बारमा छिर्ने गरेको छ ।
जोहानेसबर्गको लायन पार्कमा रहेको छ उक्त जिराफ । जिराफलाई बियर यति मिठो लाग्छ कि ऊ दिनहुा पार्क नजिक रहेको एउटा बारमा मूड फ्रेस बनाउनका लागि छिर्ने गर्दछ । बियर पिउन दिनहुा आउने जिराफलाई देख्नेहरु आश्चर्यमा नपर्ने कुरै भएन । बारमा छिरिसकेपछि आफ्ना खानपिनका चिजवस्तुतर्फ आाखा लगाउाछ उसले ।
वास्तवमा उक्त जिराफ त्यस बारका लागि फलिफाप भएको छ । जिराफ हेर्नकै लागि धेरै आगन्तुकहरु बारमा आउनाले उक्त बारको व्यापार मालामाल भएको छ । त्यसैले दिनहुा जिराफकै प्रतीक्षामा हुन्छन् बारका मालिक ।
२० फिट अग्लो उक्त जिराफ बारमा आएर बियर पिउाछ, केही दिएको खानेकुरा खान्छ र आफ्नै पार्कमा फर्किन्छ । उसका लागि बारले हरेक दिन खानेकुरा तथा बियर तयारी अवस्थामा राखेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here