कुखुरा पाल्ने संसारकै गरिब राष्ट्रपति र हाम्रा राष्ट्रपति !

278

राष्ट्रपति जोसे बस्दै आएको घर उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको भलाईका लागि काम गर्नु हो भन्ने सिकाएको थियो ।

राष्ट्रपति जोसे

१४ बर्षे गुरिल्ला जिवनको क्रममा उनी दुइपटक जेल परे र ६ पटकसम्म हत्त्या प्रयासबाट जोगिए । २०१० मा राष्ट्रपती भए यता पनि देश र गरिब जनताका लागि उनको संघर्ष भिन्न रूपमा जारी छ ।

राष्ट्रपति जोसेको गाडी

राष्ट्रपति जोसका तीन खुट्टे कुकुर मनुएला

अहिले उनी चाहेको भए उनी यो सुन्दर राष्ट्रपतिभवनमा बस्न सक्थे । तर उनले आफू बस्नका लागि अत्यन्त साधारण घर रोजेका छन जहाँ उनी आफ्नी पत्नी र एउटा कुकुरसङ्ग बस्दै आएका छन । यसरी उनि एउटा राष्ट्र्पतीले अरूको भलाईका लागि आफ्नो निजि सुखसयल त्याग्न सक्छ भन्ने कुराको सजिव उदाहरण बनेका छन ।

उरूग्वेका पूर्वराष्ट्रपतिहरूको सम्मानमा त्यहाँको सुन्दर राष्ट्रपती भवनलाई सङ्ग्राहलयको रूपमा विकास गर्न लागिपरेका छन । उनिजस्तो साधारण घरमा बस्ने मान्छेलाई सम्पत्ती, प्रसिध्धी र निदाउनका लागि चाहिने राम्रो घरको खास अर्थ हुदैन । यी राष्ट्रपती बास्तवमै सार्थक जीवन बाचिरहेका छ्न |

विश्वका शक्तिशाली राष्ट्र रुसका रास्ट्रपति भ्लादिमिर पुटिनसंग

उनी आफ्नै बारिमा फूल रोप्छन र बेच्छन । खेतिपातिको यो `पार्टटाइम जागिर´ ले यी राष्ट्रपतिलाई आफ्नो देशका बहूशङ्ख्यक मान्छेले गर्दै आएको जीवनप्रतिको सङ्घर्शबारे सजग बनाउछ ।

उरुगेका रास्ट्रपति जोसे उनि १९८७ मा निर्मित पुरानो भोक्स्व्यागन बिटल गाडी चलाउछन । सरल र सादा जिन्दगि रमाउने यी राष्ट्रपतिलाई आरामदायी बेन्ट्लीको आकर्षणले तान्दैन । जोसेको सुरक्षाका लागि दुइटा गार्ड र तिनवटा खुट्टा भएको म्यान्यूला नामको एउटा कुकुर छ।

विश्वका शक्तिशाली राष्ट्र रुसका रास्ट्रपति भ्लादिमिर पुटिनसंगरास्ट्रपति जोसे घास काट्दै राष्ट्रपतिहरूमा संसारकै सबैभन्दा गरिब भनेर चिनिने यी राष्ट्रप्रमुख आफू गरिब भएको कुरालाई कत्तिपनि स्विकार्दैनन । “म सबैभन्दा गरिब राष्ट्रपती होइन” उनी भन्छन “बाच्नलाई धेरै चाहिने मानिस सबैभन्दा गरिब हो । मेरो जिवनशैली मेरा घाउहरूको प्रतिफल हो । म मेरै इतिहासको पुत्र हु । म एउटा चकटीमात्रमा रमाउन थालेको बर्षौ भैस्क्यो ।”

राष्ट्रपती जोसेको जीवनबाट पक्कै पनि केहि पाठ सिक्नु पर्छ अनि मात्रै जनता प्रेमी राष्ट्रपती बन्न सफल हुन्छ ।

भिडियो हेर्नुहोस:

राष्ट्रपति भण्डारीलाई गाडी किन्न १८ करोड, ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने

काठमाडौं: सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ।

२०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो।

सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको यो खबर आजको अन्नपुर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। ।

केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो। गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ।

विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो।

२०७४ असार २६ को व्यवस्थापिका संसद्मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीका लागि १६ करोडको गाडी किन्ने कुनै प्रस्ताव नआएको दाबी गरेका थिए। विलासी गाडीबारे चर्को आलोचना हुँदा तत्कालीन प्रधानमन्त्री जवाफ दिन बाध्य भएका थिए।

‘राष्ट्रपतिबाट महँगो गाडीको प्रस्ताव आएको छैन, राष्ट्रपति देशको सर्वोच्च पद हो। त्यसकारण उहाँको सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडी किन्नुपर्ने अवस्था आउँछ तर अहिले आएको छैन,’ देउवाले भनेका थिए, ‘राष्ट्रपतिले सुरक्षित खालको गाडी चढ्नु स्वाभाविक हो।’ त्यही आधारमा रकम निकासा भएको अर्थ मन्त्रालयका एक अधिकारीले भने।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवले चढेको पुरानो गाडी चढिरहेको र उक्त गाडीमा समस्या आएका कारण नयाँ चाहिएको बताइएको थियो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सवारीका क्रममा रोकिने, पिकअप नलिनेलगायतका समस्या आएका कारण अघिल्लै कार्यकालमा राष्ट्रपति कार्यालयलाई गाडी आवश्यक भएको जानकारी गराएको जनाए।

‘त्यही बेलाको प्रसंग होला, अहिले सरकारसँग कुरा भएको छैन। तर गाडीको समस्या छ,’ अधिकारीले भने, ‘नयाँ गाडीको आवश्यकता परे पनि राष्ट्रपतिले यति महँगो वा यही ब्रान्ड भनेर मागिएको छैन। त्यो सरकारले राष्ट्रप्रमुखलाई दिने सम्मान र सुरक्षा दुवैको विषय हो।’

राष्ट्रपतिमा सधैँ एकै व्यक्ति नबस्ने हुनाले राष्ट्रपति कार्यालयलाई आवश्यक भएको भन्नु राम्रो हुने समेत उनले सुझाए। कार्यालयलाई बलियो बनाउँदा, भौतिक पूर्वाधार जोडिँदा संस्थागत रूपमा लोकतन्त्र बलियो हुने भन्दै राष्ट्रपतिका सहयोगीहरूले अहिले राष्ट्रपतिलाई प्रहार भइरहेको भनी असन्तुष्टि पनि व्यक्त गरे।

सेनामार्फत गाडी किन्न १६ करोड बजेट मागेको समाचार डेढ वर्षअघि नै सार्वजनिक भएको थियो। यसबारे रक्षा र राष्ट्रपति कार्यालयका सचिव र अन्य प्रशासकहरू बोल्न अस्वीकार गरे।ईन्टरनेट संसार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here