राष्ट्रपति बसिरको घरबाट अर्बौं विदेशी मुद्रा बरामद

116

सुडान /  सुडानका अपदस्थ  राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद गरिएको छ ।

राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो । बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

बरामद गरिएको युरो, अमेरिकी डलर र सुडानी पाउन्ड गरी १ सय ३० मिलियन अमेरिकी डलर बराबरको मुद्रा भएको अधिकारीहरुले जनाएका छन् ।

ठूलो मात्रामा रकम बरामद भएपछि मुद्रा अपचलनको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको छ । बसिरलाई अहिले कोबरस्थित कारागारमा उच्च सुरक्षा सतर्कताका साथ राखेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here