काठमााडौं / सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने काम रोकियोस् भन्दै परेको रिटमा सर्वोच्च अदालतले रिटमाथि आज सुनुवाई भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषेत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार विवादको अन्तिम टुंगो नलागेसम्मका लागि नागरिकता वितरण कार्य तत्काललाई रोक्न आदेश गरेको हो ।
राणा र भण्डारीको शुक्रबारको आदेशले सर्वोच्चकै अघिल्लो आदेशलाई रोक्ने गरी अन्तरिम आदेश दिएको हो। यो आदेशले सर्वोच्चकै अघिल्लो आदेश र गृहको परिपत्रलाई प्रभावित गरेको छ।
यो अन्तरिम आदेशले गृहमन्त्रालयको परिपत्र अनुरुप नागरिकता वितरण भइरहेको कार्यलाई रोकेको छ। गृह मन्त्रालयले चैत १९ गते वंशजका आधारमा नागरिकता दिनू भन्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।
यस्तो छ आदेशको पूर्ण पाठ:




















