सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ पुग्यो  

65

 

काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा २०० रुपैयाँ बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको छ। यसअघि आइतबार भने सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार भने चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here