नयाँ बर्ष २०८० को अवसरमा शुभकामना

151

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका लोकनारायण सुबेदी अध्यक्षले  आफ्नो बर्तमान र भबिष्यका निम्ति संघर्षशील स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा नेपाल कम्युनिष्ट पार्टी नयाँ बर्ष २०८० को शुरुवात हुन लाग्दा हार्दिक तथा  न्यानो अभिबादन व्यक्त गरेकाे छ ।

पुराना बर्षहरु बित्दै र नयाँ बर्ष लाग्दै गर्दा पनि नेपाल र नेपाली जनताका आन्तरिक र बाह्य समस्याहरु समाधान हुनको सट्टा झनपछि झन जटील र कठिन बन्दै गएको आजको कटु यथार्थ हो । यो नेपाली जनताले चलाएको संघर्षको जन आदेश बिपरीत गएर सत्ताको निम्ति देश बिदेशी प्रतिगामी शक्तिसँग सौदाबाजी गर्ने संकीर्ण स्वार्थका कारण उत्पन्न भएको हो । फलत आज स्थिति यति बिग्रेको छ कि को प्रतिगामी को अग्रगामी हो पर्गेल्न कठिन भएको छ  जनताका लागि सबै ‘गासेगुसे एकै नासे’ जस्तो स्थिति उत्पन्न भएको छ ।

ससदीय ब्यबस्थानका न्यूनतम मूल्य मान्यतालाई पनि अबलम्बन नगरी यो ब्यवस्थालाई आफ्नो बिर्ता र बपौति जस्तो सम्झेर मनपरी चलाउने र हिजोकै जनबिरोधी शक्तिको गलत बाटोमा हिड्ने अबाञ्छित र अस्वीकार्य गतिबिधिले गर्दा बिभिन्न रंगरुपका प्रतिगामी शक्तले टाउको उठाउन थालेको र तालतालका अवसरबादीहरुले ताली ठोकिरहेको स्थिति देखिदैछ । यस्तो अबस्थामा बाहय शक्तिले झन बढी खेल्ने ठाउ पाउने कुरा सर्बबिदित छ ।अतः यस्तो परिप्रेक्षमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाका समस्याहरु झन तीब्र बन्ने र जन जीवन अझ कष्टकर हुने दिशातिर देश धकेलिने छ ।

यसर्थ आज सम्पूर्ण नेपाली जनता एकजुट भएर राष्ट्र बिरोधी र जन बिरोधी सबै खाले हर्कतका बिरुद्ध सचेततापूर्ब संघर्षशील बन्नुको कुनै बिकल्प छैन भन्ने नेपाल कम्युनिष्ट पार्टीको प्रष्ट निष्कर्श छ । नयाँ बर्षले सम्पूर्ण राष्ट्रप्रेमी निष्ठाबान बाम तथा लोकतान्त्रिक शक्तिहरुलाई यस दिसामा खडा हुन नयाँ बर्ष २०८० ले  सत्प्रेरणा दओस् भन्ने हार्दिक शुभकामना नेपाल कम्युनिष्ट पार्टी ब्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here