बेहुली किन्न पाउने मुलुक

275

दासताको युग समाप्त भएको धेरै भइसकेको अवस्थामा बुल्गेरियाको एक स्थानमा भने अझै मानिस किनबेचको परम्परा अस्तित्वमा रहेको छ । जहाँ छानी–छानी बेहुली किन्न सकिन्छ । बुल्गेरियाको स्टारा जागोर नाम गरेको स्थानमा हरेक तीन–तीन वर्षमा बेहुली मेला लाग्ने गर्दछ । मेलाबाट कुनै पनि केटाले मनपर्ने केटी छानेर बेहुली बनाएर लान सकिने व्यवस्था छ । यहाँ विक्रीका लागि सहभागी हुने केटीहरु भने गरिब परिवारका हुन्छन् । उनीहरुलाई मेलामा बेहुलीजस्तै सजाउने गरिन्छ । केटाहरु छानी–छानी बेहुली बनाउँछन् । आर्थिक हालत खराब भएकाहरुको विवाह खर्च व्यवस्थापनका लागि यस्तो मेला आयोजना गरिएको जनाइएको छ ।
तर उक्त मेलामा बेहुला बन्ने पक्षको र बेहुली बन्ने पक्षको पनि परिवारको सदस्य हुनैपर्ने नियम बनाइएको छ । यस्तो किनबेच कलाइदझी समुदायका पुरुषका लागि मात्र उपलब्ध हुने गरेको छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here