अहिलेसम्म राष्ट्र बैंक अर्थन्त्रको हितमा

119
काठमाडौं  । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको हित होस् भन्ने उद्देश्यका साथ ल्याइएको मौद्रिक नीतिमा कुनै परिर्वतन नगरेको जनाएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले अर्थन्त्रको हितमा रहेको नीति परिवर्तन नगरेको जनाएका छन् । सोहीअनुसार नै सेयर धितो कर्जामा ४ र १२ करोडको सीमालाई यथावत राखिएको केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
उनले भने, ‘हामीले कुनै नीति ल्याउँदा त्यसको दीर्घकालीन प्रभाव हेरेर ल्याउने गरेका छौं । समस्त अर्थतन्त्रलाई हित हुने देखेर सेयर धितो कर्जाको सीमामा ४–१२ को व्यवस्था गरेका हौं । अहिले नै त्यसमा परिवर्तन गर्न कुनै आवश्यक छैन ।’ साथै, पुनरावलोकन गर्नुपर्ने अवस्था नहुँदासम्म यस नीतिलाई यथावत राखिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here