पुलबाट व्यक्ति हामफालेका अझै बेपत्ता

12

काठमाडौं । नुवाकोटको त्रिशूली बजार नजिक नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेका छन् ।

नुवाकोट प्रहरीका अनुसार बिहीबार दिउँसो १:१० बजेको समयमा नयाँ पुलबाट बिदुर नगरपालिका-१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती हामफालेर बेपत्ता भएका हुन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरीको टोली खटिसकेको नुवाकोट प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here