शान्ति मिसनमा थप भूमिका खोज्दै नेपाली सेना

514

काठमाडौं/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा नेपाली सेनाको जिम्मेवारी र सहभागिता बढाउने विषयम संयुक्त राष्ट्रसङ्घमा छलफल प्रारम्भ गर्नुभएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा जारी विश्व शान्ति कार्यका लागि सैनिक खटाउने विभिन्न देशका सैनिक प्रमुखको सम्मेलनमा प्रधानसेनापति क्षत्रीले त्यस विषयमा छलफल गर्नुभएको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्पmत जनाएको छ ।
राष्ट्रसंघीय शान्ति अभियानमा नेपाली शान्ति सेनाको सङ्ख्या वृद्धिका साथै यूएन हेडक्वार्टर, हेडक्वार्टर स्टाफ, फोर्स कमान्डर, अनुगमन निरीक्षण टोलीमा पनि नेपाललाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिएको जनाइएको छ ।
सैनिक प्रवक्ता झङ्कर कडायतका अनुसार उक्त सम्मेलनमा शान्ति पिसनमा नेपाली सेनाको भूमिकाको विष्यमा चर्चा र प्रशंसा गरिएको छ । सम्मेलनमा विश्वका १०५ देशा सेना प्रमुखको सहभागिता रहेको जनाइएको छ ।
प्रधानसेनापति क्षत्रीले सम्मेलनमा सहभागी विभिन्न क्षेत्रीय सङ्गठनका प्रतिनिधिसँग पनि भेट गरी नेपाल र नेपाली शान्ति सेनाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँ यही असार १६ गते अमेरिका प्रस्थान गर्नुभएको हो ।
सो अवसरमा उहाँले राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख उपमहासचिव जेन पियारे, यूएन फिल्ड सपोर्ट विभागका प्रमुख अतुल खारे र यूएनका लागि नेपाका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टाराईसँग पनि छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here