फेसबुकको शुक्रकिटबाट छोरीको जन्म

217

बेलायतका एक पुरुषले बच्चा जन्माएका छन् । हेडन क्रस नाम गरेका यी युवाले छोरी जन्माएका हुन् । ती पुरुष पहिले महिला भए पनि आफ्नो लिंग परिवर्तन गरी उनी महिला बनेका थिए । उनलाई बेलायतको कानुनले नै पुरुषको दर्जा दिएको थियो ।
हेडनले गर्भाधारणका लागि फेसबुकको माध्यमबाट शुक्रकिट दाताको खोजी गरेका थिए । यसै क्रममा उनले शुक्रकिट दाता फेला पारी गत जनवरी महिनामा आफू गर्भवती भएको खुलासा गरेका थिए । उनको यस्तो खबरले उनी पूरै बेलायतभरि नै चर्चाको विषय पनि बनेका थिए ।
धेरै मानिसले त्यसलाई प्रकृतिको नियमविपरीतको कार्य भनि आलोचना पनि गरे । कतिपयले उनको हुनेवाला बच्चाको स्वास्थ्यका विषयमा चिन्तित भएको जनाएका थिए । किनकि त्यस बच्चाको जन्म कुनै अन्जान शुक्रकिट दाताबाट हुँदै थियो । अन्ततः महिलाबाट पुरुष बनेका हेडले छोरी जन्माएका छन् । उनकी छोरीको नाम ट्रिनिटी लिफ राखिएको जनाइएको छ ।
बेलायतको ग्लूकोस्टरश्री रोयल हस्पिटलमा हेडनले बच्चालाई जन्म दिएको जनाइएको छ । हेडनलाई बेलायतमा कानूनी रूपमा पुरुषको दर्जा मिले पनि उनकी बच्चीको जन्मदर्तामा आमाको दर्जा दिइ बुवाको नामको ठाउँ खाली छाडिएको जानकारी रहेको छ ।  -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here