आँखाबाट रगतको आँशु निस्कने महिला !

213

रातमा रगतको आँशु चुहाउने भनेपछि कुनै भूत कथाको सम्झना आउँछ । तर एकजना महिलाको हकमा भने यो कुनै कथा होइन, जीवनको दुःखद यथार्थ बनिरहेको छ । ती महिलाले रातको २ बजेदेखि बिहान ५ बजेसम्म रगतको आँशु चुहाउँछिन् ।
यी महिलाको हात तथा खुट्टामा रातो धब्बा आएका थिए । त्यसपछि उनका जोर्नीहरू दुख्न थाले । केही दिनपछि उनको ओठ फुटेर रगत बग्न थाल्यो । समस्या बढ्दै गयो र अन्ततः उनको आँखाबाटै रगत बग्न थालेको छ । अमेरिकाको हवाईमा बस्ने यी महिलाको नाम लिनी इकेदा हो । उनले झण्डै ३० जना डाक्टरलाई उपचार गराइसकेकी छिन् तर समस्या कम भएको छैन । उनको रोगलाई गार्डनर डायमन्ड सिन्ड्रोम भनिन्छ ।
लिनीकी आमा रातमा उनीसँगै सुत्ने गर्छिन् । कतै उनको आँखाबाट रगतका आँशु बगेका छन् कि छैनन् भनेर बारम्बार हेर्ने गर्छिन् ।
परिवारले साथ दिँदा आफ्नो आत्मविश्वास बढेको उनी भन्छिन् । आँखाबाट रगत बग्दा आफुलाई दुखाइ महसुस नहुने भए पनि आँखा सुन्निने र केही जलन महसुस हुने लिनी भनेकी छिन् । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here