‘मुद्दा जित्न न्यायाधीश नै बन्नुपर्ने हो ?’

148

काठमाडौं/ काठमाडौं जिल्ला अदालतका एकजना न्यायाधीशले अनौठो फैसला गरेका छन् । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी एउटा मेनपावर कम्पनीका तीनजना सञ्चालक मिलेर एक युवासँग ५ लाख ७० हजार रुपियाँ नगद बुझेका रहेछन् । अष्टे«लिया पठाइदिन्छु भनी पानीजहाजमा कार्गाे लोड÷अनलोड गर्ने कामका लागि पठाउने भनी तीन महिनाभित्र पठाउने शर्त राखी बुझिलिएको नगद फिर्ता नगरेपछि पीडित युवाले कानुन व्यवसायीको सहयोगमा प्रहरीमा उजुरी गर्न पुगेछन् । विकट जिल्ला म्याग्दी घर भई हाल काठमाडौंको सामाखुसी बस्ने विष्णु मल्ल हुन् पीडित व्यक्ति । यी पीडितले कानुन व्यवसायीको सहयोगमा पीडकहरू विरुद्ध ठगी गरेको आरोपसहित काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखामा किटानी जाहेरी मुद्दा दर्ता गराएका रहेछन् । आपूmले बुझाएको नगद रकमको प्रमाणसहित नुवाकोट घर भई काठमाडौं मनमैजु बस्ने विनोद अधिकारी–१, नुवाकोट घर भई युरो फाउण्डेसन कन्सल्टेन्सीका सञ्चालक रोजन अधिकारी–१ र तेह्रथुम जिल्ला घर भएको युरो फाउण्डेसन कन्सल्टेन्सीका सञ्चालक गर्जमान आङखेबा लिम्बू–१ समेत तीनजनाको नाम किटानी गरी दर्ता गरिएको जाहेरी दर्खास्तका आधारमा प्रहरीले सरकारी वकिलको सहयोग लिई आवश्यक छानविन प्रक्रिया सम्पन्न गरी काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरिएको रहेछ । ठगी मुद्दाका आरोपितहरूमध्येका विनोद अधिकारीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीले तत्कालका लागि ठगी गरेको प्रमाणबाट देखिन आएकाले पछि ठहरेबमोजिम हुने गरी थुनामा राखी कारबाही गर्ने भनी मिति २०७३ साल भाद्र ५ गते आदेश गरेका रहेछन् । यिनै न्यायाधीश पराजुलीले ०७४ असार ५ गते मुद्दाको फैसला गर्दै पीडितले ठगी मुद्दामा गरेको उजुरी ठहर हुन नसक्ने भनी निर्णय गरेछन् । ०६८ साल फागुन १५ गते ५ लाख ५० हजार रुपियाँ र त्यसपछि बाँकी २० हजार रुपियाँ बुझाएका विष्णु मल्लले इजलासमै आफ्नो गुनासो विनम्रतापूर्वक न्यायाधीशसमक्ष राखे । उनले अब मैले पनि यसैगरी विदेश पठाउँछु भनी पैसा उठाएर करोडौं रुपियाँ आम्दानी गर्न सक्ने बाटो श्रीमानले खोलिदिनुभयो भनेर न्यायाधीश पराजुलीसँग गुनासो गरेछन् । मल्लले आफ्नो दुःखेसो पोख्दा न्यायाधीश पराजुलीले लेनदेन मुद्दा लिएर आउनु, तपाईको पक्षमा फैसला गरिदिन्छु भनेर जवाफ दिएछन् । पीडित युवा आफ्नो गुनासो पोख्न फैसलाको प्रति र आपूmले रकम बुझाएको प्रमाण बोकेर जनधारणा साप्ताहिकको कार्यालयमा आइपुगेका थिए । उनको पक्षमा वकालत गर्ने वकिलले समेत विपक्षीसँग मिलेर धोका दिएको मल्लको गुनासो रहेको छ । मल्लका अनुसार एउटै ल फर्मबाट दुईजना वकिलहरूले पक्ष र विपक्षको वकालत गरेका रहेछन् । यस्तो जानकारी न्यायाधीशलाई समेत भएको र  न्यायाधीशले पीडित मल्ललाई तिम्रो प्रमाण बलियो भए पनि तिम्रोे कानुन व्यवसायीले राम्रो बहस नगरेका कारण तिम्रो पक्षमा निर्णय दिन सकिएन भनेर जानकारी गराएछन् । पीडित युवाले न्याय पाउनका लागि न्यायाधीश नै बन्नुपर्ने रहेछ हाम्रो देशमा भन्दै जनधारणा कार्यालयमा गुनासो पोखे । पीडितले उपलब्ध गराएका नगद बुझाएको प्रमाण,  न्यायाधीशको थुनछेकको आदेश–पर्चा र फैसलाको प्रतिलिपि जनधारणासँग सुरक्षित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here