सेक्सबारे संसदमा अनौठो प्रस्ताव !

277

अमेरिकाको टेक्ससकी एक डेमोक्रेटिक महिला सांसदले हस्तमैथुन गर्ने मानिसलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेकी छन् । जुन कुरा अहिले चर्चाको विषय बनेको छ । जेसिका फर्रार नाम गरेकी सांसदले हस्तमैथुन गर्ने मानिसलाई १०० सय डलर जरिवाना गर्नुपर्ने माग गरेकी छन् । यस्तो कार्य बच्चाको अस्तित्वको विरुद्ध भएको भन्दै उनले यसको विरोध गरेकी हुन् । उनले यो कार्य टेक्सासका महिलाको अधिकारविरुद्ध भएको र पुरुषले बाह्य रूपमा शुक्राणु खेर फाल्ने अधिकार नभएको समेत जनाएकी छन् । उनका अनुसार टेक्सासमा गर्भपातको नियम कडा छ । महिलालाई कष्टको सामना गर्नुपरेको छ । यसकारण उनले जसरी महिलालाई नियममा बाँधिएको छ, त्यसरी नै पुरुषलाई पनि बाँध्नुपर्ने तर्क गरेकी छन् । उनले आफूले राखेको प्रस्ताव मजाक जस्तो लागे पनि टेक्सासकी महिलाको पीडा मजाक नभएको पनि दाबी गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here