माओवादी केन्द्रको विघटनको प्रसंग

289

हुकुमबहादुर सिंह 

नेपाली का“ग्रेसको सधैभरि एउटै भनाइ रहँदै आएको छ, ‘प्रजातन्त्रको जीत उसकै जीत हो ।’ यहाँ प्रजातन्त्र भन्नाले उसको परिभाषामा बेलायती मोडलको प्रजातन्त्र जसलाई संसदीय व्यवस्था भन्ने गरिन्छ, जो भारतमा पनि चलिरहेको छ । ऊसित न कुनै सिद्धान्त छ, न विचार र न संगठन । मेरा बाजे काँग्रेस थिए, त्यसैले म पनि काँग्रेस । यही सोच र प्रक्रियाले नेपाली काँग्रेस चल्दै आएको छ । अहिले पछिल्लो अवस्थामा आएर माओवादी केन्द्रमा त्यही सिद्धान्तहीन, विचारविहीन र संगठनविहीन रुपमा प्रचण्डको पारिवारिक राजनीति फष्टाउँदै छ । अहिले स्थानीय निर्वाचनमा प्रचण्डको नेतृत्वको नराम्रो हार भयो तर उनी यसलाई उनको पार्टीको एजेण्डाको जीत भनेर कुर्लिरहेका छन् । उनका बफादारहरु पनि त्यसरी नै कुर्लिरहेका छन् । जनता प्रश्न गर्दै छन्– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि कसरी सर्वहारावर्गको मुक्तिको एजेण्डा हुन सक्छ ? एउटा कम्युनिष्ट पार्टीको अध्यक्ष, जसको नेतृत्वमा नेपालमा सर्वहारा वर्गको राज्यसत्ताको स्थापनाका लागि दशौं हजार सहीद, हजारौं अंगभंग, बेपत्ता आदि भए, अहिले नेपालको संविधान २०७२को कार्यान्वयनलाई हाम्रो एजेण्डाको कार्यान्वयन भन्दछ भने, त्यसले स्पष्टतः ती दशौं हजार सहीद र लाखौं उनका परिवार, हजारौं अंगभंग, बेपत्ता र उनका परिवार आदिप्रति गद्दारी गरेको ठहर्छ कि ठहर्दैन । अनि नयाँ जनवादलाई ओझेलमा कसरी पार्न सकिन्छ भनेर लोकतान्त्रिक गणतन्त्रलाई नै आफ्नो एजेण्डा बताइरहेका प्रचण्ड अब कसरी कम्युनिष्ट नेता भन्न लायक हुने छन् । नेपाली काँग्रेसले र एमाले जसलाई माकेका नेताहरु संसदवादी भनेर थाक्दैनन् तर स्वयम् प्रचण्ड र माकेले अहिले यही बुर्जुवा संसदीय गणतन्त्रलाई सुदृढीकरणमा जोडबल लगाएको छ । त्यसैले त एउटा टिभी कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले प्रचण्डलाई उनको माओवादी आन्दोलनको एकताका कुरा गर्दा, हामीसित होइन्, बरु नेपाली कांग्रेस र राप्रपासित एकता गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएका थिए । सिद्धान्त, विचार र उनले लिएको कार्यदिशाका हिसाबले उक्त सल्लाह सही र उचित नै ठहर्छ । किनभने प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीको सिद्धान्त, विचार र उनले लिएको कार्यदिशाले यही बुर्जुवा संसदीय गणतन्त्रको गोलचक्करभित्र रमाउने गर्दछ । अनि कसरी माओवादी केन्द्र र माओवादी आन्दोलनको नेतृत्व प्रचण्डबाट हुन सक्छ ?

 
हालसालै प्रचण्डले आफ्ना कार्यकतालाई प्रशिक्षणका रुपमा भनेका दुईवटा कुराले उनको भावी गन्तव्य अब कता भन्ने स्पष्ट पार्न मद्दत गर्दछन्– पहिलो लेनिनले रुसको दुमावारेको नीति अब हाम्रो नीति होइन, बरु ख्रुश्चेभको शान्तिपूर्ण संक्रमणलाई अबको उनको कार्यदिशा भनेका छन् भने दोस्रो वर्तमान उनले नेतृत्व गरेको माओवादी केन्द्र विघटन गर्ने भनेका छन् । उनलाई थाहा छ सिद्धान्त, विचार र संगठनका हिसाबले अब माओवादी केन्द्रको आवश्यकता छैन । एकातिर प्रचण्डले माओवादी नामलाई बद्नाम गराए भन्दै पार्टीको नामै परिवर्तन गर्ने विप्लव र पार्टीलाई विघटन गर्ने प्रस्ताव गर्ने प्रचण्डको गन्तव्य कतातिर हुने हो ? अझै स्पष्ट देखिएको छैन । प्रचण्डबारे त अब स्पष्ट देखिएको छ । शेरबहादुरसितको लगनगाँठोलाई बलियो र दरिलो बनाउँदै जाने । स्थानीय निर्वाचन त मिलेर लडे अब अन्य भावी निर्वाचन पनि मिलेर लड्ने, कांग्रेससित बसेर बाँडिचुँडि खाने । विप्लव भने अझै रहस्यमै देखिन्छन् । यद्यपि उनको सत्तासाझेदारीको सिद्धान्तले उनलाई फेरि फर्काएर उही चुनवांग लैजान्छ, जसलाई उनी चुनवांग सही थियो, केवल प्रचण्ड र बाबुरामले टेबुलमा दह्रो गरी खुट्टा टेक्न सकेनन् भन्ने छ । विप्लवको सत्तासाझेदारीको सिद्धान्तले उनलाई पु¥याउने गन्तव्य भनेको आखिरमा प्रचण्डको स्थानभन्दा माथि लैजान सक्दैन भन्ने पनि सबैलाई थाहा छ । उनी कत्तिको यो सत्तासाझेदारीको सिद्धान्तबाट माथि एउटा क्रान्तिकारी सिद्धान्तमा उठ्ने हुन्, त्यसैमा उनको भविष्य निर्भर छ ।

 

प्रचण्ड स्वयम् अब कुनै पनि हालतमा संसदीय सत्ता र भत्तादेखि बाहिर आउने इच्छा र चाहना राख्दैनन् । अन्य संसदवादीहरुभन्दा अझ बढी परिवारवाद, नातावाद, अर्थवाद आदिमा फस्दै गएका उनी पछिल्लो अवस्थामा आएर चितवनको निर्वाचनमा छोरीलाई जिताएर आफू र माओवादी केन्द्रलाई नराम्रोगरी पराजित गराएका छन् । र अब उनी शान्तिपूर्ण संक्रमणद्वारा परिवर्तन र यही संसदीय व्यवस्थाको आफू मेरुदण्ड बन्न खोज्दै छन् । माओवादीको नाममा बुर्जुवा संसदीय व्यवस्थाको नेतृत्व लिने र देशमा नोकरशाहा तथा दलाल पु“जीपति वर्गको अधिनायकत्व स्थापित गर्ने अभियानमा लागेका देखिएका छन् । र यसका लागि उनले ढिलो वा चाडो माओवादी केन्द्रको विघटन अनिवार्य बन्दै गएको छ । प्रचण्डले माओवादी केन्द्र विघटन गरे पनि उनले सोचेझैं अब माओवादी आन्दोलन रोकिनेवाला छैन । यो नयाँ तरिकाले अगाडि बढ्ने निश्चित छ ।
[email protected]

जनधारणा सप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here