काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । भेट शुक्रबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो ।
भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ तथा सहयोगको विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेपालको विकासमा युरोपेली युनियनले गरेको सहयोग लागि धन्यवाद दिँदै नेपालको शान्ति र विकासको लागि साथ सहयोग रहने विश्वास व्यक्त गरे। भेटमा राजदूत डेप्रेजले शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको बताइन् ।


















