सुनको मुल्य आज ३ सयले घट्याे

95
काठमाडौं। नेपाली बजारमा केही दिन यता सुनको मुल्य निरन्तर घट्दै आएको छ । बुधबार प्रतितोला १ सयले घटेर ९१ हजार १ सय रुपैया कायम भएको सुनको मुल्य आज ३ सयले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here