महान्यायधिवक्ता भण्डारीले गरे आज सफथ ग्रहण

311

काठमाडौं/ महान्यायाधीवक्ता बसन्तराम भण्डारीले आज पद तथा गोपनियताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएको जनाइएको छ ।
त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेको जनाइएको छ ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here