नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४३६४ पुग्यो

167

काठमाडौं – नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामा संक्रमण देखिएको हो।

आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्। अहिलेसम्म ६७४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here