दुई तालिमका उर्जाशील तथ्य

298

समयान्तर,डा. दीपेन्द्र रोकाय

तनावलाई तत्काल रोक्नका लागि भारत र चीनबीच भएको यसअघिको समझदारीअनुसार प्रत्यक्ष वार्ता गरी तनावलाई समाधान गर्न छिमेकी राष्ट्र चीन र भारतसमक्ष विनम्र अनुरोध गर्दछौँ ।

संयोगले कर्मचारी प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित प्रशिक्षण प्रशिक्षक तालिम र नेपाल खुला विश्वविद्यालयबाट अनलाइन अध्यापनसम्बन्धी तालिम लिन पाएँ । यी दुवै तालिम पहिला बुझ्ने अनि बुझाउने र दुनियाँको काम गर्ने तरिका बदल्ने सीपसँग सम्बन्धित रहेको थियो । अझ यसको महत्व समाजका महत्वपूर्ण क्षेत्रमा रहेर काम गरिरहेकाहरूलाई जागरण ल्याउन काम लाग्ने शैलीसँग सम्बधित थियो । त्यसका लागि स्रोत व्यक्ति कति महत्वको हुन्छ भन्ने कुरा बोध भयो । समाज उपयोगी कुरा बाँड्न जति सकियो, त्यति नै आफुलाई खुशी लाग्दछ । यही भएर यस पटक यिनै तालिम तथा तालिमसँग सम्बन्धित पक्षको अनुगमन गर्दाको अनुभूति लेख्दैछु ।

असार २१ गतेदेखि ३१ गतेसम्म कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा ‘ प्रशिक्षक प्रशिक्षक तालिम’ मा सहभागी भएँ । तालिमको उद्देश्य विषय विज्ञहरूले तालिम दिदा अपनाउनु पर्ने शैलीसँग सम्बन्धित थियो । विगतका दिनहरूमा सिद्धान्तमा बढी जोड दिने गरिन्थ्यो । जसले सिद्धान्त जान्दथ्यो, वा थाहा पाएको हुन्थ्यो, त्यसलाई विद्धान प्रशिक्षक ठान्ने चलन थियो । अब त्यो जमाना उल्टिदै सिद्धान्तका साथै व्यवहार, त्यसमा तत्काल संयोजन गरी जसले प्रस्तुति गर्न सक्यो त्यो मात्र असल प्रशिक्षक हुन सक्ने देखियो । उद्घाटनकै दिन प्रशिद्ध प्रशिक्षक नरबहादुर कार्कीले तालिमको आचित्यतामाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘नेपालमा करिव १५ वर्ष स्वास्थ्य मन्त्रालयले सुडेनी तालिम सञ्चालन ग¥यो, तर कुनै पनि सुडेनीले सुत्केरी महिलाको ज्यान बचाएको पाइएन । वर्षेनी देशभर सबभन्दा बढी सिलाई कटाईको तालिम दिएको पाइन्छ, तर त्यसअनुसार सिलाई कटाईबाट रोजगारी बढेको पाइदैन । किन ?’

यो प्रश्न हरेक तालिमको उद्देश्य, तालिम प्राप्तको जीवन व्यवहारसँग सम्बन्धित छ । भनिन्छ, तालिमले सत्यताका खोजी गराउने काम गर्दछ अर्थात् बाटो देखाउँछ । एक अध्ययनले के देखाएको छ भने तालिममा रु. १ लगानी ग¥यो भने त्यसको प्रतिफल रु. ३० प्राप्त हुन्छ । तालिम दिनुको अर्थ सम्बन्धित संस्थाको उद्देश्य पुरा गर्नु हो । लक्षित वर्ग, क्षेत्रमा प्रवेश गर्नका लागि निश्चित शिप हुनै प¥यो । उल्लेखित तालिमहरू मेरो इच्छाशक्तिसँग जोडिएका विषय हुन् । मैले नेपालभरी घुमेर जे जति समाजलाई पढ्न पाएको छु, त्यस्तो कोर्श विश्वविद्यालयको कोर्शभित्र पढ्न पाएको छैन । समाजमा अध्ययन गर्न पाएको ज्ञान विभिन्न क्षेत्रमा सैद्धान्तिक अभ्याससहित व्यवहारिक ज्ञान दिन सकिए हुन्थ्यो भन्ने लागिरहन्छ । यसो भएकाले यस्ता ठाउँमा आफ्नो उपस्थिति उपयोगी भएको पाउँछु ।
अहिलेसम्म सिद्धान्तको प्रतिपादन प्राज्ञिक संस्थाले वा प्राज्ञिक क्षेत्रको गहन अध्ययनबाट प्राप्त भएका छन् । त्यस सिद्धान्तलाई समाजले उपयोगी ठान्यो भने उपयोगी ठान्ने वर्गले तालिम लिन्छ, दिन्छ । तालिम लिने र दिने निकाय सिद्धान्त निर्माणकर्ताभन्दा अलग पक्ष हुन्छन् । तालिम लिने र दिने वर्गले व्यवहारमा काम गरेको पाइदैन । किनकि ऊ अरुलाई अर्ति उपदेश दिने माध्यम मात्र भएको छ । जो साँच्चिकै त्यही क्षेत्रमा लागेको छ, त्यसको योग्यता, क्षमता र पहुँच नपुग्नाले उक्त तालिम पाउन सक्तैन । यही अन्तरविरोधका कारण समाजले अपेक्षित गति लिन नसकेको हो । निकै लामो समय भएपछि यो यस्तो, ऊ त्यस्तो भनी समीक्षा हुन्छ । फाइदा लिने वर्गले फाइदा लिइरहन्छ, जसको पहुँच छैन, उसले अवसर नै पाउँदैन ।

हामीलाई कर्मचारी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक शैलेन्द्र गिरीले कयौ जिल्लामा प्रतिष्ठानले तालिम दिनपर्नेछ, यस तालिमले ज्ञानका साथै शीप रूपान्तरण गर्ने आधार तय गर्ने लक्ष्य राखेको जानकारी दिनु भएको थियो । त्यसमा त्रिभूवन विश्वविद्यालय अनुगमन विभागका डाइरेक्टर सह–प्रा. विष्णु खनालले लोकसेवाबाट उतीर्ण भएका कर्मचारीको परम्परागत प्रवृत्तिमा परिवर्तन ल्याई सेवाग्राहीको सन्तुष्टि नै मेरो दायित्व हो भन्ने अवस्था सिर्जना गराउनु नै यस्ता तालिमको लक्ष्य हुनपर्नेमा जोड दिनुभएको थियो । गिरी र खनालको भनाईले यो बुझिन्थ्यो कि संस्थागत रूपमा विषय विज्ञको माध्यमबाट नेपालको निजामति कर्मचारी प्रशासनको रूपान्तरण गर्न आवश्यक छ । तर विषय विज्ञहरू परम्परागत ढर्रामा चल्नाले र नयाँ प्रविधिसँग जोडिन नसकेकाले त्यसतर्फ जोड दिन परिरहेको छ ।

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रमेश भट्टराईले अमेरिकी शैलीको आलोचनात्मक शीप र स्केन्डियन मुलुकको नरम शीपको चर्चा गर्नु भएको थियो । सिकाईका लागि हरेक १५ मिनेटमा उत्प्रेरणा दिनपर्ने र सिद्धान्तलाई व्यवहारिक रूपमा प्रयोग गर्दा सहभागितामुलक अभ्यास गर्नपर्नेमा जोड दिनु भएको थियो । त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका सहायक डिन प्रा.डा. राजकुमार पोखरेल र व्यवस्थापन संकायका सहायक डिन नवराज अधिकारीले अनुसन्धान तथा व्यवस्थापनको बारेमा उत्प्रेरित गर्नुभयो । यसलगत्तै मैले सोही प्रतिष्ठानबाट सुशासन तथा सेवाकालीन तालिम लिएका स्याङ्जा, गुल्मी र अर्धाखाँचीका कर्मचारीसँग प्रभाव मुल्याङ्कन गर्ने अवसर पाएँ । स्याङ्जामा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, गुल्मीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना, र अर्धाखाँचीमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलको अध्यक्षतामा तालिम प्राप्त कर्मचारी र कार्यालय प्रमुखसँग निश्चिित विषयमा छलफल गरेँ । । त्यस्तै केही सेवाग्राहीसँग पनि भेटघाट भयो ।वास्तवमा तालिमले काम गर्नलाई उत्साह थप्ने रहेछ ।

यदि तालिममा उपस्थित कर्मचारीलाई विषयविज्ञ प्रशिक्षकले जिम्मेवारी बोध गराई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिन सकेमा अनुशासन, दायित्वबोध र अभ्यास मार्फत् जनताको सेवामा केन्द्रित गराउन सकिन्छ भन्ने बोध भयो । अहिले राजनीति क्षेत्रसँगै प्रशासनिक क्षेत्र सर्वत्र आलोचित छ । तर यस परिस्थितिको समाना गर्दै सकारात्मक अध्याय कोर्न प्रशिक्षक र प्रशिक्षार्थीको जोडवल रहनपर्ने हुन्छ । मैले आफ्नो कक्षामा यही कुरामा बढी केन्द्रित हुन्छु । यही प्रकारले अनलाइन अध्यापनका लागि सानोठिमीमा ५ दिन दिनभरी कक्षामा बस्दा अनुभूति भएको थियो । कार्यशालामा अमेरिकाका प्रा.डा. क्यारेलेन कल्ट, त्रिभुवन विश्वविद्यालयको गणित शिक्षा विभागका उप–प्राध्यापक वेदप्रसाद ढकाल र काठमाडौ विश्वविद्यालयका पदम राज पन्तले अनलाइन शिषण विधिका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराउनुभयो । खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र कुलसचिव कमल ढकालले अवको शिक्षण शैली बदलिदै गएको र त्यसअनुसार शिक्षण विधि प्रयोग नभए अपेक्षित सफलता हात नलाग्ने आभास दिनुभयो ।

जेहोस् यी दुई तालिमले माक्र्सवादले संसारको ब्याख्या सबैले गर्दछन् तर बदल्ने ताकत राख्नु पर्दछ भनेझै नेपाली परिवेशमा हरेक प्रस्तुति सकारात्मक बनाउने र परिवर्तनका लागि उत्प्रेरणा दिने हो भने यही भएकै संरचनाबाट पनि खोजेको परिवर्तनलाई संस्थागत गराउन सकिन्छ । यसका लागि आफ्नो उपस्थिति रहेको क्षेत्रमा दृढ इच्छाशक्तिका साथ उभिने हिम्मत गर्न सक्नु पर्दछ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here