काठमाडौं, अविरल वर्षापछि आएको वाढी तथा डुबानको समस्याले तराईका नागरिक पीडामा रहेका छन् । बाढी र डुवानबाट कतिले आफ्नो परिवार गुमाए भने कतिले घरबार ।
विपदको यो समयमा राहतको पखाईमा रहेका तराईवासीको पीडामा सरकारी निकायदेखि गैरसरकारी तथा विदेशी संस्थाहरु संलग्न भएका छन् । यद्यपी राहत वितरणको नाममा यो समयसम्म कोही बास्तविक पिडित समक्ष पुगे त कोहीले चर्चामा आउने, देखाउने काम मात्रै पनि गरे ।
अहिले राहत वितरणको काम पिडित समक्ष पुग्न नसकेको गुनासो आउन थालेको छ । भूकम्पको समयमा राहत वितरणमा पारदर्शीता हुन सकेन् । यो पटक भने सरकार अलि चनाखो भएको हो की भन्ने लागेको थियो । तर पनि समस्या जस्ताको त्यस्तो नै देखियो । निरन्तर “हामीले राहत पाईनौ” भन्ने पिडितको गुनासो आइनैरहेको जनाइएको छ ।
गृहमन्त्री जनार्दन शर्माले संघ संस्थाहरुलाई सरकारसँग सहकार्य गरेर मात्रै राहत वितरण निर्देशन दिएको भएपनि कडाईका साथ कार्यान्वयन भएको देखिँदैन । सोहि कारण राहतमा ‘राजनीति र आफ्नाकेन्द्रीत’ भएको जनाइएको छ ।
बाढी पीडितको उद्धार तथा राहत वितरणमा जुटेका स्थानिय पार्टीहरुले आफ्नो समर्थकलाई मात्रै राहत लक्षित गरेको पीडितहरुको गुनासो छ ।
स्थानीय निर्वाचनमा निर्वा्चित भएका जनप्रतिनिधिले समेत आफ्नो समर्थक र भोटरलाई मात्रै भटाभट राहत वितरण गरेको पिडितको गुनासो छ ।
सुनसरीको इटहरीका एक स्थानीयले भने, ‘राहत आफ्ना मान्छेहरुलाई खातैखात हुने गरी वितरण गरिएको छ , जसको पहुँच छैन उनीहरु चुपचाप पीडा सहँदै बस्नुपरेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here