काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा आज पाँचदिने भ्रमणको क्रममा दिल्ली पुगेका छन् । इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गर्न पुगेको जनाइएको छ । उनी भारतीय राष्ट्रपति भवनतर्फ लागेका र उनी भ्रमण अवअधिभर सोही भवनमा नै बस्ने जनाइएको छ ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।
भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज अपराह्न उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।
आज साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here