रेडक्रसद्वारा बाढीपिडितलाई राहत वितरण

246

काठमाडौं, नेपाल रेडक्रस सोसाइटी मोरङले जिल्लाका बाढीबाट पूर्ण क्षति भएका कुल २,७८१ परिवारमध्ये आज १५७१ परिवारलाई राहत सामग्री वितरण गरेकोे हो ।
प्रतिपरिवारलाई भाडाँकुडा, त्रिपाल, कम्बल, डोरी, चक्कु, साबुन, जीवनजल, बाल्टिन र कपडा वितरण गरिएको जनाइएको छ ।
बाढी प्रभावित विराटनगर महानगरपालिकाका– १९ का ३२५ परिवार, वडा नं १२ का ४७ परिवार र वडा नं १ का २४९ परिवारलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ ।
बूढीगंगा गाउँपालिका–१ देखि ७ सम्मका २३० परिवार, कटहरी गाउँपालिकाका ३६९ परिवार, रतुवामाई नगरपालिकाका १५८ परिवार, सुन्दरहरैंचा नगरपालिकाका २२ परिवार, बेलबारी नगरपालिकाका १२ परिवार, केराबारीका ३८ परिवार र हसन्दहका चार परिवारलाई राहत वितरण गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here