अपर कर्णालीको ठेक्का खारेज गर्ने ऊर्जा मन्त्रीको चेतावनी

282

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका नदिनालाहरू ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरूलाई कारबाही गर्ने भएका छन् । नेपालका खोलाहरू झोलामा हालेर हिँड्नेहरूले विद्युत्को नाममा कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र काम सुरु नगरे कारबाही सुरु गरिने चेतावनी दिएका छन् ।
मन्त्री शाहीले ३५ दिनभित्र काम सुरु नभए अपर कर्णाली परियोजनाको ठेक्का पनि रद्द गर्ने चेतावनी दिएका छन् । त्यस्तै बुढी गण्डकी परियोजनाको काम पनि समयमै सुरु नभए सम्झौता रद्द गरिने चेतावनी मन्त्री शाहीले दिएका छन् । रिपोर्टस क्लबले हिजो बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले काम नगर्ने कम्पनीहरूसँगको सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । नेपालका नदीबाट नेपाल सरकार र नेपाली जनताकै लगानीमा विद्युत् उत्पादन गर्ने योजना समेत अघि सारिएको भन्दै मन्त्री शाहीले काम नगर्ने कम्पनीलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।
सोही क्रममा बोल्दै मन्त्री शाहीले बुढी गण्डकी आयोजना क्षेत्रमा मुआब्जा तत्काल उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । यसै वर्षभित्र विस्थापितहरूको पुर्नवासको व्यबस्थासमेत गरिने जानकारी दिंदै मन्त्री शाहीले आयोजनाको जिम्मा चिनियाँ कम्पनीले लिएको छ, तर समयमा बुढी गण्डकीको काम सुरु गरेन भने सम्झौता र ठेक्का खारेजी हुने चेतावनी दिए ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here