काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद, एक जना पक्राउ

252

काठमाडौँ: प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्।

महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार राति २ बजे सुन पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए।
प्रहरीले अधिकारी भरियामात्र भएको हुनसक्ने आशंका गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको लोहनीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here