जनताको भलो गर्ने पार्टी काँग्रेस होः प्रधानमन्त्री

155
k|wfgdGqL b]pjf r'gfjL;efdf k|wfgdGqL z]/axfb'/ b]pjf d+unaf/ ;Kt/Lsf] /fhlj/fhdf cfof]hgf u/]sf] r'gfjL;efnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गरेका छन्।

नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा आज राजविराजमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको बदलिँदो परिस्थितिमा जनताको भलो गर्ने पार्टी काँग्रेस नै भएकोले प्रदेश नं २ मा पनि आफ्ना पार्टीका उमेदवारलाई विजयी गराउन आग्रह गरे ।

देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा मधेसी, दलित, जनजातिको समस्या समाधान गर्न आफूले संविधान संशोधन विधेयक ल्याएको तर नेकपा एमालेको असहयोगको कारण विधेयक पास हुन नसकेको र मधेसको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै उनले अगामी दिनमा काँग्रेसको बहुमत आएमा मधेसको समस्या समाधन हुने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाले ‘मधेसका मसिहा’ भन्ने मधेसवादीदलबीच व्यापक किचलो र भेदभाव रहेकाले मधेसवादी पार्टीले भन्दा काँग्रेसले तराई मधेसको समस्या समाधान गर्ने दाबी गरे । प्रतिपक्षी दल एमालेले एकदलीय तानाशाही व्यवस्था लाद्न खोजेको र मधेसमा भेदभाव र तानाशाह बन्न खोजेको आरोप उनले लगाए ।

तराई मधेसमा वर्षेनी हुने बाढी तथा डुबानको समस्या समाधानका लागि भारतीय समकक्षी नरेन्द्र मोदी तथा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटी समस्या समाधानका लागि छलफल गरेको र छिट्टै समस्या समाधान निस्केन विश्वास दिलाउँदै प्रधानमन्त्री देउवाले काँग्रेसले सुरु गरेको हुलाकी सडकको निर्माणमा आफू लागिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here