
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग राज्यमन्त्री रेशम लामालाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
सिंहदरबारमा आयोजित कार्यक्रममा लामालाई शपथ दिलाइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट राज्यमन्त्री बनेका लामाले मन्त्रालयमा पद बहाली पनि गरेका छन्।
मन्त्रिपरिषद् विस्तार जस्ता काम नगर्न आग्रह
निर्वाचन आ�


