थपिए तीन मन्त्री र एक राज्यमन्त्री

372
/fi6«klt ljBfb]jL e08f/Laf6 gjlgo'Qm lj1fg tyf k|ljlwdGqL bLks af]x/f, jg tyf e"–;+/If0fdGqL ljqmd kf08] / pBf]udGqL ;'lgnaxfb'/ yfkf kb tyf uf]kgLotfsf] zky lng' xF'b} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग राज्यमन्त्री रेशम लामालाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा लामालाई शपथ दिलाइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट राज्यमन्त्री बनेका लामाले मन्त्रालयमा पद बहाली पनि गरेका छन्।

मन्त्रिपरिषद् विस्तार जस्ता काम नगर्न आग्रह
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ ।
आयोगले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने सक्ने हुँदा यस किसिमको कार्य नगर्न÷नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनको सिलसिलामा यही भदौ १४ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । निर्वाचन आचारसंहिता लागू भएसँगै भदौ १५ गते आयोगले सरकारलाई आफ्नो स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्न सातबुँदे निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here