गण्डकी विकास बेंक र मेडिसिटी अस्पतालबीच सम्झौता

94

काठमाडौं/ भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक बीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अब बैंकका कर्मचारी र सेवाग्राहिले नेपाल मेडिसिटीबाट उपचार सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । एस.सि.टि, युनियन पे, डेबिट-क्रेडिट कार्डका उपभोक्ताले यस छुटको अवसरलाई सदुपयोग गर्न पाउने भएका छन् ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसंगको सहकार्यमा स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराउनुभएको छ ।

त्यस्तै, बैंकका डेपुटि सिइओ समीर बज्रचार्यले नेपाल मेडिसिटीसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । देशमै सम्पूर्ण उपचार सम्भव भएकाले नेपालीले गुणस्तरिय उपचारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएकोले बैंकले साथ दिने उहाँले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here