१६ हजारको बलिदानीपछि परेवा उडाएर शान्तिको खोजी

318

     –निमकान्त पाण्डे

दशवर्षे जनयुद्ध स्थगनपछि प्रारम्भ भएको शान्तिप्रक्रियाको मुख्य अभियान संविधान निर्माण कार्यलाई राजनीतिक दलहरूले बनाएका थिए । त्यो सम्पन्न भएको दुई वर्ष पूरा भइसकेको छ । संविधान निर्माण भएको दुई वर्ष बितिसक्दा पनि यसलाई कार्यान्वयन गर्ने काम निकै जटिल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्न सकिने अवस्था देशमा विद्यमान नदेखिएपछि तीनचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । तीन तहमा निर्वाचन गरिंदा पनि अपेक्षित जनउत्साह देखिएको छैन । मतदान प्रक्रियामा मतदाताहरूको सहभागितालाई मात्र आधार मान्ने हो भने निर्वाचनमा व्यापक उत्साह देखिएको ठहर्दछ । परन्तु मतदाताहरूले आपूmबाट चुनिएका जनप्रतिनिधिहरूप्रति अपेक्षा गरेअनुसारको काम पाउन सकेका छैनन् । यसले गर्दा जनतामा निराशा सुरु भइसकेको छ । लगभग दुई दशकपछि सम्पन्न भएको स्थानीय तहको चुनावमा मतदाताहरूको उत्साहजनक सहभागिताले मतदान गर्न जनता निकै हतारिएको देखियो । स्थानीय तहमा जनप्रतिनिधिहरूको अनुपस्थितिले �