प्रचण्डले भने -राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो

318

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन्।

अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजिएकाले आफूहरु त्यसबाट जोगाउन लागिपरेको बताए। “खेलको आफ्नै नियम छ अध्यक्ष प्रचण्डले भने, “राजनीति जनताको सेवाका लागि गरिने सकारात्मक काम हो। राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजियो । त्यस्तो प्रक्रिया माओवादीलाई स्वीकार्य छैन।”
राजनीति पनि एक प्रकारको खेल नै भएकाले त्यसको आफ्नै नियम, मूल्य मान्यता र संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा राजनीतिलाई विकृत बनाउने प्रयास गरिएकामा आपत्ति प्रकट गरे।

आफ्नो पार्टीले राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिलाई इमान्दारीपूर्वक पालना गरेर आफूले त्यो सन्देश दिन खोजेको स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here