हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

414
g]tf lqkf7L kqsf/ ;Dd]ngdf t/fO{ dw]; nf]stflGqs kf6L{sf ;xcWoIf x[bo]z lqkf7Ln] laxLaf/ k;f{sf] jL/uGhdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf dGtJo JoQm ub}{ . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

काठमाडौँ । नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ।

स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ।”
विज्ञप्तिमा एमालेकातर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु)र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन्।
दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here