देवनारायण यादवको पक्राउ विरुद्ध राष्ट्रिय सचेतना मञ्चको कडा विरोध

365

काठमाडौं / नेपाली देशभक्त व्यक्तित्व नेपाल सरकारद्वारा सम्मान गरिएका देवनारायण यादवको रिहाईका लागि राष्ट्रिय सचेतना मञ्चले प्रेस विज्ञप्ति जारी गरेको छ । मञ्चका तर्फबाट आनन्दराम पौडेल सहितका हजारौं देशभक्त सचेत नागरिकहरुले सामाजिक सञ्जाल मार्फत छलफल चलाएर यस्तो विज्ञप्ति सार्वजनिक गरिएको छ । प्रस्तुत छ विज्ञप्तिको पूर्ण अंश :–
प्रेस विज्ञप्ति
भारत सरकारले पोहोर साल नेपालको सप्तरी जिल्ला तिलाठीमा नेपाली सीमालाइ जवर्ज्स्ति मिचेर एकपक्षीय तवरले खाँडो खोलामा वाँध वाँध्यो । नेपाल राष्ट्रमाथि नै गरिएको त्यो अत्याचार सहननसकेर देशको भौगोलिक अखण्डताको रक्षाको लागि उक्त बाँध भत्काउने कार्यको नेतृत्व गरेका सप्तरीको कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजय सहित ३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको समाचारप्रति राष्ट्रिय सचेतना मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

कहिले नेपालको सीमाना प्रवेश गरि नेपाली चेलीहरुको इज्जत लुट्न खोज्ने, कहिले नेपालभित्र प्रवेश गरी नेपाली नागरिकलाई अपहरण गरी भारततिर लैजाने, कहिले नेपाल आमाका सपुत गोविन्द गौतमलाई गोली हानेर हत्या गर्ने त कहिले नेपालको स्वाधीनता रक्षा गर्ने देवनारायण यादव जस्ता नेपाली नागरिकलाई षडयन्त्रको तानावाना बुनी, सुनियोजित तवरले, झुट्टा मुद्दा लगाएर पक्राउ गरि जेल हाल्ने भारतीय हेपाहा,मिचाहा प्रवृत्तिको हामी घोर विरोध तथा भर्त्सना गर्दछौं ।

गत वर्ष सीमाअतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले षडयन्त्रको तानाबाना बुनि सुनियोजित तवरले झुठो आरोपमा मुद्दा लगाई पक्राउ गरिएको छ ।

यादवका छोराले केही महिनापहिले भारतीय केटीसंग विवाह गरेको तर त्यो विवाहलाइ नै अपहरणको कथा बनाइ भारतीय सुरक्षा फौजले पक्राउ गर्नु भनेको देशभक्त जति सबै नेपालीहरुको मनोविज्ञान कमजोर तुल्याई नेपाली राष्ट्रियतामाथि धावा बोल्ने प्रपञ्च सिवाय अर्को होइन भन्ने कुरा स्वतस् पुष्टि हुन्छ ।

पूर्वराजा वीरेन्द्र, नेता मदन भण्डारी जस्ता नेपालका सन्तानहरुमाथि षडयन्त्र हुने देश हो नेपाल। नेपालको पक्षमा उभिने नेपालीहरुलाई बाँच्न मुस्किल पार्ने देश हो नेपाल । विदेशीको गुलामी गर्ने, विदेशीलाई देशका मुल्यवान सूचना बेचेर राष्ट्रघात गर्नेहरुको शासनरप्रशासन चल्ने देश पनि नेपाल नै हो । यो देशमा अब देशभक्तहरुले निर्भयतापूर्वक बाँच्न पाउनुपर्छ । हाम्रो माँग यो हो ।

नेपालको स्वाधीनताको निम्ति लड्ने नेपाली नागरिकहरुलाई यो वा त्यो बहानामा दुख दिने, सताउने, धम्कि दिने र उस्तै परे ज्यानै लिने घटनाका सिलसीला बाह्य शक्तिहरुको पुरानै रवैया हो । छिमेकीको समृध्दि, स्वाभिमान, विकास र शान्तिमा मात्रै आफ्नो विश्वब्पापी प्रभाव मजबुत हुन्छ भन्ने बुझ्नुपर्नेमा छिमेकी देशका नागरिकहरुमाथि ज्यादती थोपरिरहनु र छिमेकी राष्ट्रलाइ सधैं हेप्ने(मिच्ने कार्यहरु विश्वशक्ति बन्ने होडमा रहेको नेपालको छिमेकी मुलुक भारतको लागि बिडम्बनाको बिषय हो ।
स्पष्ट छ, देशभक्त देवनारायण यादवलगायतको समुहको सशक्त प्रतिरोधको कारण नेपाली भूमिमा बाँध निर्माण गरि नेपाली भूमी डुबानमा पार्ने र आफ्नो भूमि सुरक्षित पार्ने भारत सरकारको उद्देश्य अपुरो रहेको थियो । देवनारायणकै बहादुरीको कारण उक्त ठाउँबाट भारतीय पक्ष पछि हट्न बाध्य भएको थियो । तिनै देवनारायणलाई हालसालै झुट्टा मुद्दा लगाएर भारतको सुपौल जिल्लाको वीरपुर ठानामा राखेको अवस्था छ ।

देवनारायण यादव लगायत नेपालका देशभक्त सपुतहरुलाई यथाशिघ्र विनासर्त रिहाई गरि सकुशल नेपाल ल्याउन तुरुन्त उचित कदम चालियोस् भनि हामी राष्ट्रिय सचेतना मञ्च तथा देशका बौध्दिक व्यक्तिहरुको तर्फबाट नेपाल सरकारसमक्ष जोडदार माँग गर्दछौं । साथै भारतीय सुरक्षा फौज र भारत सरकारलाई आगामी दिनमा यस्ता खाले हर्कतहरु तुरुन्त बन्द गर्न समेत अपील गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here