भारतका लागि नेपाली राजदूत उपाध्यायले दिए राजिनामा

210
Nepal's Ambassador to India Deep Kumar Upadhyaya speaks with journalists at the Reporters' Club Nepal, in Kathmandu, on Friday, January 8, 2016. Photo: Reporters' Club

काठमाडौं । आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजिनामा दिएका छन्।

कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी स्वरुप उनले राजिनामा गरेका हुन्।

तत्कालिन कांग्रेस सभापति स्व।सुशील कोइरालाको प्रधानमन्त्रीकालमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका उनी केपी ओलीको प्रधानमन्त्री कालमा फिर्ता बोलाईएका थिए।

मधेश आन्दोलनका बहानामा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी फुकाउन आवश्यक कुटनीतिक सहयोग नगरेको आरोपमा ओली सरकारले उनलाई फिर्ता बोलाएको थियो।

तर नेपाली कांग्रेस र माओवादी गठबन्धनको नयाँ सरकार बनेपछि प्रधानमन्त्री प्रचण्डको पालामा एक वर्ष अघि उपाध्यायलाई भारतकै लागि नेपाली राजदूतमा पुनः नियुक्त गरिएको थियो।

पछिल्लो पटक उनले करिव १० महिना मात्रै राजदूतको जिम्मेवारी पूरा गरे। राजदूत उपाध्याय कुटनीतिक जिम्मेवारीमा आउनुपूर्व पनि कपिलवस्तुबाट निर्वाचित हुने कांग्रेस सांसदमा गनिन्थे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here