पूर्व डिआईजी नवराज सिलवाल एमालेमा प्रवेश

488

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन्।

एमाले काठमाडौँ जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डोर्याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उनको भनाइ थियो । यही असोज १७ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेमा प्रवेश गरे। नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इचार्ज सानुकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गरेका थिए।

पूर्व प्रहरी नायब महानिरीक्षक सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने प्रण गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here