माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब

124

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिइरहेका छन् ।

कांग्रेससँग तालमेल गर्ने लोकतान्त्रिक दलहरूले सरकारलाई साथ दिने आश्वासन दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूले माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको उच्च स्रोतले जनाएको छ ।
सरकारमा सामेल माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल तथा पार्टी एकीकरणसम्मको सहमति गरेपछि उसलाई सरकारबाट हटाउनुपर्ने विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।

माओवादीलाई सरकारबाट हटाउँदा बहुमत कायमै रहने सुनिश्चितता रहेकाले निर्वाचन आयोगलाई जानकारी दिएर सरकार पुनर्गठनको गृहकार्यमा लाग्न कांग्रेस बैठकका सहभागीले देउवालाई सुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here