दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

372

काठमाडौँ ।आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै नेपाली कांग्रेसका धनराज गुरुङले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन।

भ्रष्टाचारको जालोबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक समृृद्धितर्फ अघि बढ्न नसक्ने भन्दै प्रस्तावमा भनिएको छ, “मुलुकको नेतृत्व गर्न राजनीति गर्ने नेताहरु पदमा पुगेपछि कमिशनको घनचक्करमा पर्ने, कर्मचारीतन्त्र कमिशनको सेटिङ्गमै व्यस्त रहने, भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायहरु आफैँ निकम्मा बन्दै जाने, राजनीतिक पार्टीहरुले ठूला–ठूला भ्रष्टाचारका मुद्दाहरुमा मौनता साँध्ने, व्यापारीहरु कर छली र नक्कली भ्याटबिल समेत बनाएर मुलुकलाई ठग्न पछि नपर्ने भएकाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ ।”

प्रस्तावमा विद्युतीय मुद्राले व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने र भ्रष्टाचार नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना हुने उल्लेख गरिएको छ । प्रस्तावका समर्थकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र जीवन परियार छन्।

–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here