रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

239

काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरू श्रीराम थापा, महेन्द्र शाह, सञ्जीतकुमार राय र रामएक्बल महतो विजेता घोषित भएका हुन् ।

 
सेवाग्राहीहरूले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’ नामक सेवाग्राहीमूखी कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) सञ्चालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । यसअघि राममणि भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए ।
भाग्यशाली विजेताहरूले घरायसी प्रयोजनका सामग्रीहरू वासिङ मेसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताहरूले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here