ग्लोबल आइएमईको क्रेडिट कार्डमा थ्रिडी सुरक्षा

160

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड होल्डरहरूका लागि थ्रिडी सुरक्षा प्रणालीको सुरुवात गरेको छ । नेपालमा केही बैंकहरूले मात्र सुरु गरेको सो सुविधालाई ग्लोबल आइएमई बैंकले नेपालमा सुरु गरेको जानकारी दिएको छ ।
यो सर्भिस पछि ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डका ग्राहकले अनलाइन रकम कारोबार गर्दा सुरक्षित हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो बैंकको सुरक्षा, प्रविधि र आर्थिक सूचकांकप्रतिको बैंक प्रतिबद्धतामा थप कोशेढुंगा साबित हुने बैंकले जनाएको छ ।

 

पहिलो पटक कार्ड प्रयोग गर्दा सोसम्बन्धी प्रक्रियालाई एक्टिभेट गर्न सकिने र यसले अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन मद्दत गर्ने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले भिसासँगको सहकार्यमा इजेअलाइन्टको प्राविधिक सहयोगमा यो प्रविधिको सुरुवात गरिएको जनाएको छ । यो सेवापछि ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डका ग्राहकले अनलाइन कारोबार गर्दा थप सुरक्षित हुने विश्वास लिएको छ । बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले यस सेवाले कार्ड होल्डर ग्राहकलाई अनलाइन कारोबारमा निकै महत्वपूर्ण कदम हुने बताउँदै यस सेवाले अन्तर्राष्ट्रिय तहको बैंकिङ अनुभव हुने दाबी गरेका छन् ।                                       (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here