प्रभुु बैंकका दुुई नयाँ शाखा विस्तार

237

काठमाडौं । प्रभुु बैंकले एकै दिन दुुईवटा शाखा विस्तार गरेको छ । बैंकले शुुक्रवार कैलाली जिल्लाको बौनिया तथा पाँचथर जिल्लाको फिदिममा दुुई वटा शाखाहरू सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरूको उद्घाटन क्रमशः नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनञ्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाङले संयुुक्तरूपमा गरेका हुन् । उक्त कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरू तथा व्यापारी एवं उद्योगीहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरूले बैंकिङ संस्थाहरूको आगमनसँगै स्थानीयस्तरका सम्भावना रहेका विभिन्न क्षेत्रहरूको विकासमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरेका थिए । असोज मसान्तसम्म ८३ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब रूपैयाँबराबरको कर्जा लगानी गरेको जानकारी बैंकले उक्त अवसरमा दिएको थियो । बैंकले हाल ५६ जिल्लामा आफ्ना एक सय ४० वटा शाखाहरूमार्फत सेवा पु¥याई रहेको छ । बैंकले निकट भविष्यमै अन्य केही शाखाहरू खोल्ने तयारी गरेको छ ।

 
बैंकले आर्थिक वर्ष २०७३÷७४ मा एक अर्ब ७५ करोड ९३ लाख ९० हजार रूपैयाँ खुुद मुुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब १४ करोड ७८ लाख ३८ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here